Logo

आँखा पाकेर तनावमा हुनुहुन्छ?अपनाउनुहोस् यी उपाय



Spread the love

मानव जीवनको महत्त्वपूर्ण अङ्ग मध्ये आँखा पनि एक हो l जसको मदत देख्न सकिन्छ l तर मानिसहरूका लागि आँखा महत्त्वपूर्ण अङ्ग भएता पनि यसमा विभिन्न रोगहरू देखा पर्ने गर्छ l जस मध्ये एक हो आँखा पाक्ने l यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महसुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ । त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महसुस हुन्छ । आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने आउनका साथै बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ । यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ । जसले गर्दा मानिसहरूलाई पिडा हुने गर्दछ l त्यसैले आउनुहोस् चर्चा गरौँ कसरी बच्न सकिन्छ त? आँखा पाक्ने रोगबाट l

हातले आँखालाई नछुने :
यदि तपाइको आँखा पाकेको छ, भने बिर्सिएर पनि यसलाई हातले नछुनुहोस् l किनकि पाकेको आखालई हातले छुँदा खेरि पनि आँखामा धरै असर पुग्न सक्दछ l

आँखामा पानीले नछ्याप्ने :
अधिकांश जसो मानिसहरू आफ्नो आँखा पाक्यो भने यसमा पानी छ्याप्ने गर्छन् l तर पाकेको आँखामा पानी छ्याप्नु भने आफ्नो आँखाको लागि अझ बढी समस्या निम्त्याउनु हो l

आँखाको सरसफाइमा विशेष ध्यान दिने :
आँखा सम्बन्धी कुनै पनि प्रकारको समस्या भएमा लापरवाही भने गर्नुहुदैन् l किनकि सानो समस्याले पनि ठुलो समस्या निम्त्याउन सक्दछ l त्यसैले यस्तो हुन् नदिनका लागि आँखाको सरसफाईमा विशेष ध्यान दिनु पर्छ l

अरूको चश्माको प्रयोग नगर्ने :
कतिपय व्यक्तिहरूको यस्तो पनि बानी हुन्छ, कि अन्य व्यक्तिहरूको चश्मा वा लेन्सको प्रयोग गर्ने l तर झुक्किएर पनि अन्य व्यक्तिले प्रयोग गरेको त्यस्ता समानको प्रयोग गर्नु हुँदैन l जसको प्रयोग गर्दा विभिन्न किसिमको रोग आँखामा देखा पर्ने हुन्छ l

प्रतिक्रिया दिनुहोस्