Logo

कब्जियतबाट कसरी पाउन सकिन्छ, छुटकारा?



Spread the love

कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो । मल निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग गर्न नसक्नु वा दैनिक एक पटक पनि कोमल दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ । विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो । भोजन, व्यायाम, विश्राम र भावनात्मक रूपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो । भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने गरिष्ठ भोजनहरू, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जंकफूड र संरक्षित खाद्यान्न प्रायःजसो खाइरहने, सागसब्जी सलादजस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रबल सम्भावना रहन्छ । व्यस्त र भाग दौडले भरिएको, तनावपूर्ण जीवन जिउनेहरू, श्रमपछि विश्राम नगर्नेहरू, भय, चिन्ता, शोक र उदासीनताका कारणले पनि कब्जियत जस्ता समस्या देखा पर्ने हुन्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त कब्जियत समस्याबाट छुटकारा पाउने विषयबारे l

भोजन गर्ने निश्चित समय :
यदि तपाईँ कब्जियत जस्ता समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने आफ्नो भोजन गर्ने समय निश्चित गर्नुहोस् l जसले गर्दा कब्जियत हुने समस्याबाट राहत मिल्ने गर्दछ l

अत्यधिक पानी पिउने :
थोरै मात्रामा पानी पिउनका कारण पनि यस्तो समस्या देखा पर्ने हुन्छ । त्यसैले यस समस्याबाट मुक्ति पाउनका लागि एक दिनमा करिब ३–४ लिटर पानीको सेवन गर्ने बानी बसाल्नुपर्छ ।

व्यायाम गर्ने :
यदि कब्जियत जस्ता समस्यामा समावेश भएका व्यक्तिहरूले व्यायाम गर्ने हो भने यस्तो समस्याबाट केही दिनमा राहत मिलनका साथ साथै अन्य विभिन्न किसिमको रोगहरूबाट पनि छुटकारा मिल्ने गर्दछ l

कागती पानी :
कब्जियत जस्ता समस्या भएका व्यक्तिहरूले यदि एक चम्चा मनतातो पानीमा एउटा कागती निचोरेर पिएमा आन्द्रामा जम्मा भएको मल बाहिर निष्काशन गर्न मद्दत मिल्छ । जसले यो समस्याबाट छुटकारा मिल्छ l

सागसब्जी :
खानामा मौसमी तथा स्थानीय (लोकल) अन्न तथा सागसब्जीको विशेष समायोजन हुनुपर्छ । सागसब्जी, सलाद तथा रेसादार फलफूलको समायोजनले कब्जियत नियन्त्रण गर्न सहयोग गर्छ ।

बदामको तेल :
बदामको तेल पनि कब्जियत जस्ता समस्याका लागी एकदमै लाभदायक हुन्छ । यसले आन्द्राको कार्यक्षमता बढाउने काम गर्छ । जसकारण यस्तो समस्याबाट मुक्ति प्राप्त हुन्छ l

प्रतिक्रिया दिनुहोस्