Logo

यी अवस्थामा नबस्नुहोस्, उपवास !



Spread the love

अन्नादि केही पनि नखाई बसेको स्थितिलाई उपवास वा व्रत बसेको भनिन्छ । धार्मिक मान्यता अनुसार यदि कुनै स्त्रीले केही नखाई उपवास बसेर देवीदेवताको पूजा आराधना गर्दछन् l भने सो स्त्रीको मनकामना पुरा हुने विश्वास गरिन्छ l तर उपवास बस्दा मनका इच्छा वा आकाङ्क्षा मात्रा पुरा नभई शरीरमा रहेको विषाक्त पदार्थलाई समेत समाप्त गर्ने गर्छ l तर उपवास बस्ने भन्दैमा जति खेर पाए त्यति खेर बस्नु भने उचित रहँदैन l त्यसैले आउनुहोस् चर्चा गरौँ, आखिर कुन अवस्थामा उपवास बस्नु उचित हुँदैन त?

झाडापखाला :
यदि तपाईँ उपवास बस्दा बस्दै झाडापखाला पीडित हुनुभयो भने सोही बखत तपाईँले आफ्नो उपवास तोड्नु जरुरी हुन्छ l यो समस्या शरीरमा पानी वा पोषक तत्वको कमी तथा प्रायः गलत खानपिनको कारणले हुने गर्दछ । जसले गर्दा व्रत तोड्नुपर्दछ l

पेट दुखेको बेलामा :
जुन व्यक्तिले व्रत बस्छन् l सो व्यक्तिको स्वास्थ्य पनि राम्रो हुनु आवश्यक छ l कुनै व्यक्तिको व्रत बस्ने क्रममा पेट सम्बन्धी केही दुखाई सिर्जना हुन्छ भने सोही समय उपवास बसेको व्यक्तिले आफ्नो व्रत छोड्नुपर्छ l

छातीमा समस्या देखिएमा :
कतिपय व्यक्तिहरू रहरले गर्दा नै व्रत बस्ने गर्छन् l तर यदि तपाईँको शरीर नै उपवासको लागि तयार छैन भने त्यस्तो अवस्थामा उपवास नबस्नुमा नै उचित रहन्छ । छाती पेट या पेटको आसपास हुने दुखाईले अरू रोगलाई समेत निम्त्याउन सक्छ । सो कारण व्रत बस्ने क्रममा छातीमा समस्या देखिएमा तुरुन्तै व्रत भङ्ग गर्नुपर्दछ l

वान्ता हुनु :
यदि तपाईँलाई उपवासको क्रममा वान्ता हुने समस्या भएमा तत्कालै उपवास बन्द गर्नुपर्दछ । वान्ता हुने समस्याले शरीरमा ग्यासिट्रक र इलेक्ट्रोलाईटको असन्तुलनलाई दर्शाउने गर्छ । यस्तो अवस्थामा तुरुन्त उपवासलाई अन्त्य गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्