Logo

किन खाने बोक्रामा कालो दाग भएको केरा?



Spread the love

केरा विश्वको प्राय सबै ठाउँमा पाइने फल हो । यसको फल विभिन्न आकार र रंगहरूमा पाइन्छ । साधरणतया सुरूमा हरियो भए पनि पाकेपछि पहेंलो रङ्गको हुने गर्दछ । केरा स्वादिष्ट फल मात्र नभई यसले औषधिको रूपमा पनि काम गर्छ । यसकाे नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी कतिपय राेगबाट बच्न सकिन्छ । मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमिता , छाती पोल्ने, कब्जियत र शरीरका अन्य स्वास्थ्य सम्बन्धित समस्या समाधानका लागि केरा निकै उपयोगी मानिन्छ । बढी पाकेको वा विभिन्न विषादी प्रयोग गरिएको केराको बोक्रामा कालो दाग देखिन्छ l जसको सेवन गर्दा विभिन्न समस्याबाट छुटकारा मिल्ने गर्छ l

  • केरा पाकेसँगै त्यसमा एन्टी–अक्सीडेन्ट तत्वको स्तर पनि बढेर जान्छ । यो तत्वले तपाईँको प्रतिरक्षा तन्त्रलाई अधिक मजबुत बनाउनका साथै यस तत्वले सेता रक्तकोष निर्माणमा पनि योगदान पुर्याउँछ ।
  • बढी पाकेर बोक्रा नै कालो भएको केरा पोषक तत्वले भरपूर पनि हुन्छ । जस्तै केरा परिपक्व हुँदै जान्छ, त्यसमा रहेको पोषक तत्वको मात्रा पनि आठ गूणाले बढेर जान्छ ।
  • यस किसिमको केराको सेवन गर्नाले क्यान्सर जस्ता रोगबाट बच्न सकिन्छ l साथै पूर्ण रूपमा पाकेको केरा, जसको बोक्रामा कालो दाग हुन्छ, टीएनएफ नाक तत्वले भरिपूर्ण हुन्छ ।
  • यदि तपाईँ मधुमेह रोगबाट पीडित हुनु हुन्छ भने यसको सेवन गर्दा होस् पुर्‍याउनु आवश्यक छ l कालो दाग देखिने गरी पाकेको केरामा प्राकृति शर्कराको मात्रा धेरै हुन्छ । यसले रगतमा शर्कराको मात्रालाई बढाउन मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्