Logo

स्पेनिस ला लिगामा सेभिल्लाको कठिन जित



Spread the love

१३ असोज, काठमाडौं । स्पेनिस ला लिगामा सेभिल्लाले रियल सोसिडाडमाथि कठिन जित हात पारेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली सेभिल्लाले रियल सोसिडाडलाई ३-२ ले पराजित गरेको हो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा रियलले चौथो मिनेटमा नै सुरुवाती अग्रता लियो । तर, रियलको त्यो अग्रता धेरै लामो समय रहन सकेन। १८औं मिनेटमा घरेलु टोलीका नोलिटोले गोल गरेसंगै खेललाई पहिला हाफमा १–१ गोलको बराबरीमा फर्काए ।

दोस्रो हाफको सुरुमै ओकाम्पसले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाएका थिए । ८०औं मिनेटमा फ्रान्को भास्क्वेजले गोल गरेपछि सेभिल्ला जिततर्फ लम्कियो । ८७औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएका थिए । तर, त्यसपछि थप गोल हुन नसक्दा सेभिल्ला विजयी भयो ।

जितसँगै सेभिल्ला छैटौं स्थानमा उक्लिएको छ । सेभिल्लाले सात खेलबाट १३ अंक बनाएको छ । यसअघिनै १३ अंक बनाएको सोसियडाड पाँचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्