Logo

हिन्दु धर्ममा किन धेरै देवीदेवता ?



Spread the love

वैदिक धर्म या सनातन धर्म अर्थात हामीले अहिले भन्दै आएको हिन्दु धर्म । जुन धर्म हामी  आदिकालदेखि  मान्दै आइरहेका छौं । धर्म त्यस समयको सामाजिक व्यवस्था, नीति, संस्कार मात्रै नभएर त्यस समय बुझाउने एक घटक हो । धर्म एक कालखण्डको जीवन पद्धति हो भने त्यसका राम्रा पक्षहरूको उजागर गर्दै लैजानु हाम्रो दायित्व समेत बन्न आउँछ ।

हिन्दु धर्म- जहाँ असंख्य मात्रामा जनावार, पंक्षी एवम् बोटबिरुवा साथसाथै मानव अनुहारधारी असंख्य व्यक्तिहरूलाई भगवान मानि पुजाआराधना गर्ने गरिन्छ ।  आखिर यस्तो किन छ कि यस धर्मलाई मान्नेमानिसहरु यति धेरै देवीदेवताहरूलाई मान्छन्  ? उनीहरुको पूजा गर्दछन् ? अन्य धर्ममा त एकमात्र भगवान हुन्छ। हिन्दू धर्ममा कैयौं भगवान किन बनाइयो यसको कारण के हो ?

सनातन वैदिक संस्कृति:

सनातन वैदिक संस्कृति नै एक मात्र संसारको सबैभन्दा प्राचीन संस्कृति हो। जसलाई आज हिन्दू धर्म समेत भन्ने गरिएको छ । हिन्दू संस्कृति एक मात्र सनातन संस्कृति हो- जुन रिलिजन होइन यो त एक जीवन जिउने कला मात्रै हो । यसमा हामी जन्मदेखि लिएर मृत्यु र त्यो भन्दा पनि माथि मृत्यु पश्चातको १६ संस्कार इत्यादि सम्म पनि हिन्दू धर्मले नै गर्नुपर्ने कामहरु निर्देशित गरेको छ।

आजको नयाँ धर्महरु कुनैपनि व्यक्ति विशेषको नामबाट चलेको पाइन्छ भने ती व्यक्तिहरुको आदि र अन्त समेत छ। तर, सनातन संस्कृति र हिन्दू धर्मको न कुनै सुरुवातको मिति छ। न त अन्तको मिति तय गर्न सकिन्छ। किनकी यो सीधा ब्रह्माको सृष्टि, विष्णुको स्थिति र शिवको संहारद्वारा चलिआएको छ। यसमा यी  भगवान् विष्णुद्वारा चलिआएको समेत भन्ने गरिन्छ। किनकी उनैलाई पुराण पुरुष समेत भन्ने गरिन्छ।

भगवान् श्री हरि

भगवान् श्री हरि नै इस पुरा ब्रह्माण्डका अभिभावक र परम देवता या स्वयं भगवान् हुन्। जो हर युगमा जब पनि धर्मको हानि हुन्छ। त्यतिबेला विभिन्न रुप लिएर धर्म रक्षार्थ धर्तिमा आउने गर्दछन्। भगवानद्वारा ब्रह्मा जी, शिव जी र अन्य सारा देवी देवता प्रकट गरिएको भन्ने कुरा शास्त्रमा उल्लेख छ। ताकि श्रृष्टि गर्न सकियोस्। सबै देवी देवता र यहाँसम्म की सारा चर अचर वास्तु तथा जिवमा एक मात्रै श्री हरिको दिव्य शक्ति र उनैको अंश आत्माबाट विभूषित हुन्छ। यही कारण हामीहरु सबैलाई भगवानको रूप सम्झिएर भगवान् मान्ने गरेका छौं।

वास्तविक भगवान को हुन् ?

सनातन धर्मको विभिन्न ग्रन्थहरु, पुराण, श्रीमद् रामायण, गीता, महाभारत र श्रीमद्भागवतबाट पनि यो कुरा पुष्टि हुन्छ कि भगवानको परिभाषा छ र उस परिभाषामा केवल एक र उनको आफ्नो तीन स्वरूप मात्रै स्वयं भगवान हो भन्ने बुझिन्छ। श्री राम, श्री कृष्ण, श्री विष्णु र श्री नरसिंह यी चार स्वयं पूर्ण भगवान हुन्। किनकी यिनीहरुले ६ ऐश्वर्य गुणहरुद्वार युक्त छन्। यी बाहिर हामीले पुज्ने सारा रुप पनि यिनै भगवानको हो।

त्यसैले केवल, नरसिंह, भगवान् विष्णु, छीरसागर वासी, या उनको अन्य रूप जस्तो गर्भाशयी विष्णु, कमलासन विष्णु। भगवान् श्री राम, श्री कृष्ण यी सारा रूप पूर्ण भगवान हुन्। हामी जब हे राम या हे भगवान भन्छौं भने तिनै मूल भगवानलाई बुझिन्छ।

एक भगवान को अनेक रूप

सनातन संस्कृतिमा समेत भगवान एक छन् र उनले अनेक रूप लिएका छन् जुन भगवान हुन् भनिएको छ। बाँकी सबै देवी देवता हुन्। जो सृष्टिको कार्यमा सहायक छन्। भगवान अजन्मा अविनाशी र अनन्त छन्। यिनको कहिलैपनि नाश हुँदैन। जबकि सारा देवी देवताको एक दिन अन्त हुन्छ।

परम पुरुष स्वयं भगवान हुन् । 

अत: यहाँसमेत एकमात्र परम पुरुष स्वयं भगवान हुन्। देवी देवता अनेक छन्। दोस्रो तर्फ हिन्दू धर्म यति धेरै व्यापक र अनन्त छ। कुनै मानिसले करोडौं जन्म लिएपनि यसको अन्तबारे पत्ता लगाउन सक्दैन। यदि कोही श्री राम/ श्री कृष्ण या भगवान् विष्णुको भक्ति सच्चा ह्रदयद्वारा गर्दछभने त्यो व्यक्तिले सबै कुरा जान्दछ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्