Logo

नेपाललाई टेष्ट राष्ट्र जिम्बाब्वेमाथि जित निकाल्ने अर्को अवसर



Spread the love

१३ असोज, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजमा भोलि नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । टेष्ट राष्ट्रलाई पराजित गर्ने अर्को मौका पाएको नेपाल जिम्बाब्वेसँग दोस्रो खेल खेल्न लागेको हो । यसअघि पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा सिंगापुरविरुद्ध नेपाल ९ विकेटले विजय भएको थियो । नेपालले कीर्तिमानी जित निकाल्दा कप्तान पारसको शतक चर्चामा रह्यो । उनको कीर्तिमानी शतकसँगै १ सय ४५ रनको साझेदारी गरेको नेपाललाई फेरि आफूलाई प्रमाणित गर्ने मौका रहेको छ । साथै युवा खेलाडीलाई पनि एकपटक आफूलाई प्रमाणित गर्ने अवसर रहेको छ ।

घरेलु टोली सिंगापुरसँग पराजय व्यहोरेको जिम्बाब्वे नेपालीमाथि हाबी हुने रणनीतिमा रहँदा नेपाल पहिलो खेलमा भोगेको हारको बदला लिने दाउमा रहेको छ । खेल सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा बेलुका सवा ५ बाट सुरु हुनेछ ।

जिम्बाब्वे र सिंगापुरको समान २ अंक रहेको छ । समान अंक भएता पनि रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहँदा जिम्बाब्वे दोस्रो तथा सिंगापुर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्