Logo

हिन्दी फिल्म शोलेका ‘कालिया’ रहेनन्



Spread the love

एजेन्सी । बलिउडको सुप्रसिद्ध चलचित्र ‘शोले’ मा कालियाको भूमिका निर्वाह गरेका कलाकार बिजु खोटेको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका बिजुको आज( सोमबार) बिहान मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो ।

बिजु खोटेकी भान्जी अभिनेत्री भावना बलसावरले बिहान ६ बजेर ५५ मिनेट जाँदा आफ्ना मामाको निधन भएको पुष्टि गरेकी छन् । उनले उपचारका लागि अस्पतालमा भर्ना गरिएको बिजुलाई केही दिनअघि मात्रै घर ल्याइएको पनि उनले बताइन् । बिजुले हिन्दीसँगै कैयौं मराठी फिल्महरुमा उत्कृष्ट अभिनय गरेका थिए ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्