Logo

यस्ता छन् नियमित पालुङ्गोको साग सेवन गर्नुको फाइदाहरु



Spread the love

सागहरु मध्य पालुङ्गोको साग स्वास्थ्यको हितको लागि निक्कै फाइदाजनक रहेको छ । यसमा प्रोटिन, भिटामिन, मिनिरल्स, आइरनका साथै क्याल्सियम पनि भरपुर मात्रामा पाइन्छ ।

पालुङ्गोेको सागले हाम्रो शरीरमा रगतको कमीलाई पूरा गर्न पनि सहयोग पुर्‍याउँछ । पालुङ्गोेको सागले हाम्रो स्वास्थलाई मात्र नभएर हाम्रो सुन्दरतालाई पनि फाइदा प्रदान गर्दछ । पालुङ्गोको सागको सेवनले हाम्रो छाला सुन्दर हुन्छ । यस्ता छन् पालुङ्गोे सेवन गर्नुका फाइदाहरु:

लामो केशका लागि

पालुङ्गोेमा भिटामिन बी, सी र ई पाइन्छ । त्यसबाहेक यसमा पोटासियम, क्याल्सियम, म्याग्निसियम, आइरन र ओमेगा ३ फ्याटी एसिडहरु पनि भरपुर मात्रामा हुन्छन् । यी सबै तत्वहरु केशको लम्बाईको लागि अति नै महत्वपूर्ण हुन्छ ।

केश झर्न कम हुन्छ

पालुङ्गोमा पर्याप्त मात्रामा आइरन पाइन्छ, जसले केशको जरालाई बलियो बनाउने गर्छ ।

छाला चम्किलो बनाउन

पालुङ्गोको सागमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । भिटामिन–एले हाम्रो सुन्दरतालाई बढाउने काम गर्छ भने भिटामिन–सी नयाँ कोशिकाहरुको निर्माणमा उपयोगी हुन्छ ।

छालाको कालो दाग हटाउनको लागि

पालुङ्गोको सागले छालामा हुने दाग, चायाहरु हटाउँछ । पालुङ्गोमा एन्टि–अक्सिडेन्ट, राइबोफ्लाविन, भिटामिन र मिनरल जस्ता धेरै पोषक तत्वहरु पाइन्छन्, जुन छालाको लागि अति नै फाइदाजनक हुन्छ ।

सूर्यको प्रकाशबाट सुरक्षाको लागि

पालुङ्गोको पातमा भिटामिन–बी पाइन्छ । जसले सूर्यको तेज र खतरनाक परावैजनी किरणहरुबाट सुरक्षा प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्