Logo

दशैं- अ फेस्टिबल अफ वुमन पावर



“दशैं- अ फेस्टिबल अफ वुमन पावर”

दशैं ??

-इज अ फेस्टिबल  ह्वेर वि वर्सिप दि पावर अफ वुमन…।

दियर कम्स अ ब्युटिफुल मोसन पिक्चर इन माइ माइन्ड ह्वेन आइ हर्ड दिस वर्ड दसैँ सिन्स माइ चाइल्डहुड । लाइक- गोठालाले बाँसुरीले बजाएका मालश्री धुन, मुग्लान फिल्मको दशैं आयो गीत, पुराना फिल्ममा देखिएकोजस्तो भरिया अगाडी लगाएर क्यासेट बजाउँदै घर आउने लाहुरेहरू, रातो माटो र कमेरोले लिपिएको घर, आँखामा गाजल लगाएझैँ चट्ट मिलाएर कालो रङ पोतिएका झ्याल ढोका, ठाउँ-ठाउँमा हालिएका लिङ्गेपिङ, रोटेपिङ र पिङ खेल्न हुल बाँधेर हिँडेका साथीसंगी, खाँदेको मुला, काँक्रोको अचार, मासु चिउरा, टपरीभरी रातो अक्षता, दुनामा केसरी, अर्को टपरीमा जमरा । लास्ट बट् नट् दि लिस्ट, टीका लगाएर कसले कति दक्षिणा दिन्छन् भन्ने कौतूहलता… साँच्चै सुन्दर छ मेरो दिमागमा घुमिरहने दशैको अनुहार… । दिस अल इज माइ इम्याजिनेसन एन्ड दि रियालिटी इज टोटल्ली डिफ्रेन्ट…

आँखामा गाजल लगाएझैँ चट्ट मिलाएर कालो रङ पोतिएका झ्याल ढोका, ठाउँ-ठाउँमा हालिएका लिङ्गेपिङ, रोटेपिङ र पिङ खेल्न हुल बाँधेर हिँडेका साथीसंगी, खाँदेको मुला, काँक्रोको अचार, मासु चिउरा, टपरीभरी रातो अक्षता, दुनामा केसरी, अर्को टपरीमा जमरा । साँच्चै सुन्दर छ मेरो दिमागमा घुमिरहने दशैको अनुहार… ।


दिमागमा घुमिरहने दशैंको अनुहार भन्दा लगभग उल्टो छ, यथार्थमा मैले मनाउने गरेको दशैं। मालश्री धुन घटस्थापनासँगै बज्न थाल्छ टिभीमा, ममीले बिहानै दुर्गा भजन बजाउनुहुन्छ र दशैं आयो जस्तो लाग्छ । गाडीमा दशैं आयो गीत बजेको सुनेपछि साँच्चै दशैंआएछ भन्ने लाग्छ अहिले। बचपनको दशैं र अहिलेको दशैंमा खासै फरक पाउँदिन म। यत्ति हो केही वर्ष अघिसम्म मासु खान्थेँ आज खाँदिन । केही वर्ष अघिसम्म फूलपातिको दिन बाबा, दाइ कति बेला आइपुग्नुहुन्छ भनेर गाडी हेरेर बस्थे, आज सधैँ सँगै छौँ। हिजो खसी काटेर रगतको टीका लाइदिन्थेँ, म लाउँथे। केही वर्ष अगाडी अष्टमीको दिन काट्न ठिक्क परेको खसीलाई अङ्गालो हालेर बसिरहेँ, काट्न दिइनँ, रोइरहेँ। त्यो दिनबाटै छोड्नुभो बाबाले अष्टमीमा बलि दिन। केही वर्ष अघिदेखि नवरात्रीको व्रत बस्न थालेकी छु, मन्दिर जान्छु पूजा गर्छु । नयाँपन यही हो दशैंको।

‘सानो परिवार सुखी परिवार’ भन्दै परिवार खुम्चिने क्रम जारी छ। सानो परिवारका आफ्नै विशेषता, फाइदा होलान् तर सानो परिवारमा चाडपर्वको खासै उल्लास हुँदैन जस्तो ठुलो परिवारमा हुन्छ, यस्तै लाग्छ मलाई । हाम्रो परिवार ठुलो छ तर म सानो परिवारमा बस्छु। दशैंको टिकाको दिन हामीलाई टीका लगाइदिएर बाबा पहिले आफ्नो घर जानुहुन्थ्यो । हजुरबुबा हजुरआमाको हातको टीका लगाउन, दाइ, म, बैनी मामाघर जान्थ्यौँ । घरमा ममी एक्लै पर्नुहुन्थ्यो। जाँदाजाँदै बाटैमा अँध्यारो भएर आफ्नो मामाघर भन्दै अरूको घरको आँगनसम्म पनि पुग्थेँ म। बाटैबाट चिच्याउँदै, हजुरआमा, मामा, सानिमालाई बोलाउँदै जानुको मज्जै बेग्लै थियो। अचेल पहिलेजस्तो मामाघर गइहालौँ जस्तो लाग्दैन, लामो यात्रा र गाडीको भिडभाड सम्झेरै वाक्क लाग्छ। बच्चामा जस्तो मामाघर जाने उत्साह ठुलो भएपछि हुँदो रहेनछ। म ठुली भएछु।

पहिले हामी ममीलाई एक्लै छोडेर जान्थ्यौँ । आजभोलि हामी तीन जनालाई घरमा छोडेर बाबाममी नै जानुहुन्छ। अरूको घरमा मान्छे-मान्छे हुँदा हाम्रो घरमा भएका जहान नि रित्तिन्छौ। दशैं दशैंजस्तै हुँदैन सानो परिवारमा म घरको छतबाट अरूको घरमा हेरेर सोचिबस्छु। उसो त काठमाडौँको दशैं निरस नै हुन्छ। अघिपछि सधैँ जाम परिराख्ने सडक यहिबेला खाली हुन्छ, आनन्द लाग्छ । टोल छिमेकका मान्छेहरू प्राय आ-आफ्ना घर जान्छन् । सबतिर खुल्ला, अलिक भिड हुने त मन्दिरमा मात्रै हो, कि त असन नै पुग्न पर्यो। काठमाडौँ यति बेलै अलिक कम प्रदूषित हुन्छ, यहाँको हावामा अलिक धेरै अक्सिजन हुन्छ होला ।

मेरो दिमागमा रहेको दशैंको उल्लास, कौतूहलता केही छैन- मैले मनाएको र मनाउने गरेको दशैंमा। सायद म जस्तै सानो परिवारमा बस्ने प्रायः जसोको दशैं अनुभव यस्तै होला। न के लुगा ल्याइदिन्छन् भन्ने उत्सुकता थियो हिजो कारण हामी आफैँ आफ्ना लुगा छानेर किन्थ्यौँ । न कसले कति दक्षिणा दिन्छ भन्ने कौतूहलता नै कारण बाबाममीलाई हाम्लाई यति नै पैसा दिनुपर्छ भनेरै लिइन्थ्यो दक्षिणा। अरू साथीहरू हाम्रो यति पैसा भो भनिरहँदा मेरो तिनीहरूको भन्दा बढी पैसा त बाबाममीले दिएकैले हुन्थ्यो तर कहिले दशैंवाला फिल आएन। कहिल्यै परेन हजुरबुबा, हजुरआमाको हात यो निधारमा । कहिल्यै पाएन यो शिरले काकाकाकी, फुपूहरूको आशीर्वाद। भौगोलिक विकटताले पुर्‍याउन सकेन-नातिनातिनालाई हजुरबुबा हजुरआमाको घरसम्म । न उहाँहरू आफ्नो थातथलो छोडेरै आउनसक्नुभो हामीसँग बस्न। छोराछोरीलाई सुख, सुविधा दिन बसाइँ सरेको परिवारका हामी । हामीलाई सुविधाको यति आदत बस्यो कि बाबाममीसँग ६-७ घण्टा हिँडेर हजुरबुबा, हजुरआमाको घरसम्म पुगेर दशैंमा आशीर्वाद लिने आँट नै आउन छोड्यो। पारिवारिक विघटनले चाडपर्व खल्लो बन्छ, जब आदत बन्छ त्यो खल्लोपन महसुस नै हुन्न। मैले दशैंमा खल्लोपन भोग्छु, त्यो खल्लोपन महसुस गर्न केही बेर घोरिनै पर्छ। ममी भन्नुहुन्छ-“तैँले सोचेकै जस्तो त हुन्छ नि ‘माथि घरको’ दशैं ।”  मेरो दिमागको दशैं लिएर बसिरहेको छ हाम्रो माथि घर, मैले त्यो घरमा दशैं मनाउन पाएकी  छैन ।

कहिल्यै परेन हजुरबुबा, हजुरआमाको हात यो निधारमा । कहिल्यै पाएन यो शिरले काकाकाकी, फुपूहरूको आशीर्वाद। भौगोलिक विकटताले पुर्‍याउन सकेन-नातिनातिनालाई हजुरबुबा हजुरआमाको घरसम्म । न उहाँहरू आफ्नो थातथलो छोडेरै आउनसक्नुभो हामीसँग बस्न ।


जे जस्तो होस् दशैं मनपर्छ। बचपनमा  नयाँ लुगा, पिङ, टीका दक्षिणाकै कारणले मनपर्यो होला । अहिले फरक कारणले मनपर्छ। यसकारण मनपर्छ कि दशैंमा आइमाई शक्तिको पूजा आराधना गरिन्छ। भलै अघिपछि नालायक पुरुषहरूलाई दिने उपमा ‘जुङ्गाधारी आइमाई’ नै किन नहोस् ? भलै अघिपछि आइमाईलाई रक्षित नै किन नमानियोस् ? दशैं दुर्गा भवानीले सारा संसारलाई महिषासुर वध गरेर बचाएकै उत्सवको रूपमा मनाइन्छ-यसैकारण मनपर्छ। दशैंका दश दिन नै सही, हाम्रा घर घरमा आइमाईकै महिमा गाइन्छ-त्यसैकारण मनपर्छ। उसो त देवीको महिमा गाएरै घरका देवीहरूमाथि हैकम जमाइन्छ, कमजोर सोचिन्छ, हेपिन्छ । त्यो अर्को नकार्न नसकिने पाटो हो- हाम्रै समाजको। जे होस् मलाई दशैं मनपर्छ।

पोहोर विजया दशमीकै दिन एउटा कविता लेखेकी थिएँ ‘कालो टीका’ शीर्षकमा। दशैंमा त रातो टीका लगाइन्छ, विजयको प्रतिकमा। दुर्गा माताले महिषासुरमाथि विजय गरेको प्रतिकमा मनाइन्छ- विजया दशमी। महिषासुरले हारेर दुर्गाले जितेको उल्लासमा दशैं मनाउँछौ हामी। तर हाम्रो समाजको वर्तमान चित्र फरक छ। हामी दुर्गाहरू त हारिरहेका छौँ दिनदिनै र महिषासुरले जितिरहेको छ। हामी लाचार दुर्गाहरू कथा र किम्वदन्ती कै सहारामा नारी शक्तिशाली छन भन्दै बसिरहेका छौँ।

हामी देवी नवदुर्गा भवानीको विजयकथा सुनिरहँदा- टिभीले मानव दुर्गा, भवानीको बलात्कृत मृत शरीर देखाइरहेको हुन्छ ।  र भन्छ- बलात्कारी पत्ता लाग्न सकेन। यस्तो बेला म कसरी गाउँ आइमाई शक्तिको महिमा? एसिडमा चोपलिएकी आजकी देवीको आर्तनाद सामू कताकता हराउँछ नवदुर्गाको विजयी शङ्खनाद ? म कसरी बजाउँ पुजाका घण्टी अब? महिषासुरले जितेर दुर्गाले हारिरहेको  युग हो यो।


हामी देवी नवदुर्गा भवानीको विजयकथा सुनिरहँदा- टिभीले मानव दुर्गा, भवानीको बलात्कृत मृत शरीर देखाइरहेको हुन्छ ।  र भन्छ- बलात्कारी पत्ता लाग्न सकेन। यस्तो बेला म कसरी गाउँ आइमाई शक्तिको महिमा? एसिडमा चोपलिएकी आजकी देवीको आर्तनाद सामू कताकता हराउँछ नवदुर्गाको विजयी शङ्खनाद ? म कसरी बजाउँ पुजाका घण्टी अब? महिषासुरले जितेर दुर्गाले हारिरहेको  युग हो यो। हुन त आइमाई र देवी त फरक हुन् पनि भन्लान् भन्नेहरूले। फरक यत्ति हो देवी दुर्गा मूर्तिमा छिन्, आस्थामा छिन्, कथा किम्वदन्तीमा छिन्। हामी दुर्गा यसै समाजमा छौँ । बिसौँ विभेद भोग्छौँ, सयौँ शोषण सहन्छौ, बलात्कृत हुन्छौँ, मारिन्छौँ। देवी दुर्गाले जित्छिन्, हामी हार्छौं। कहिलेकाहीँ सोध्न मन लाग्छ- आफ्नै आस्था पोखिएको देवीको मूर्तिसँग- देवी माँ हामी कहिले तपाईँजस्तै शक्तिशाली हुन्छौँ? कहिले जित्छौँ हामीले कलिको महिषासुरलाई??

मलाई थाहा छ दुर्गा माता बोल्दिनन्।

यो विजयादशमीसँगै हाम्रो समाजमा हामी दुर्गाले हार्ने र महिषासुरले जित्ने सिलसिला बन्द होस् । पत्थरकी देवी पुज्नेहरूले घरकी देवीलाई नकुल्चिउन् । धूपजस्तै नजलोस् कुनै दुर्गाको शरीर दाइजोको नाममा ।  हुन नपरोस् कुनै दुर्गा बलात्कृत, नछर्कियोस् कुनै महिषासुरले दुर्गाको शरीरमा एसिडको जल।

ह्याप्पी दसैँ टु यु अल। मे दुर्गा भवानी गिभ्स अस इनफ स्ट्रेन्थ द्याट वि क्यान सेभ आवरसेल्भस् फ्रम महिषासुर…

 

 

प्रतिक्रिया दिनुहोस्