Logo

इटालियन सिरि ‘ए’ मा पर्माको कठिन जित



Spread the love

१४ असोज, काठमाडौं । इटालियन सिरि ‘ए’ फुटबलमा पर्माले प्रतिस्पर्धात्मक जित हात पारेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा पर्माले टोरिनोलाई ३–२ गोलले पराजित गर्यो ।

खेलको दोस्रो मिनेटमै डेजन कुलुसेभस्कीको गोलमार्फत पर्माले सुरुवाती अग्रता बनायो । त्यसपछि टोरिनोका किस्टियन अन्साल्डीले १२औं मिनेटमा बराबरी गोल फर्काए । टोरिनो २९औं मिनेटमा १० खेलाडीमा समेटियो । ब्रेमेर दोहोरो पहेँलो (रातो) कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

टोरिनोले ४३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लियो । टोरिनोको अग्रतापश्चात निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा ४५औं मिनेटमा पर्माका आन्द्रेस कर्नेलियसले बराबरी गोल गरे । ८८औं मिनेटमा रोवर्टो इगलेसेले गोलगर्दै पर्माको जित पक्का बनाएका थिए ।

जितसँगै ६ खेलबाट नौ अंक बनाएको पर्मा आठौं स्थानमा छ । समान अंक बनाएको टोरिनो नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्