Logo

त्रिकोणात्मक टी–२० सिरिज : नेपाललाई आज टेष्ट राष्ट्र जिम्बावेविरुद्ध इतिहास रच्ने अवसर



Spread the love

१४ असोज, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा पराजित नेपालले आज पुनः जिम्बावेविरुद्ध खेल्न लागेको हो । खेल नेपाली समय अनुसार साँझ ५ः१५ बाट सुरु हुनेछ ।

दुबै खेलको प्रर्दशनले नेपालको मनोबल उच्च छ । जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो खेलमा भोगेको हारको बदला लिने दाउमा रहेको छ ।

त्रिकोणात्मक सिरिजमा पहिलो चरणको ३ खेल सकिंदा नेपाल शीर्ष स्थानमा छ । तीन टोलीको समान २ अंक भएपनि नेट रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको हो । शीर्षस्थान कायमै राख्न नेपाललाई जित्नै पर्ने हुन्छ । नेपालले जिम्बावेलाई हराउन सके उपाधि जित्ने संभावना बलियो बन्ने छ ।

पछिल्लो समय निरन्तर कमजोर प्रर्दशन गर्दै आएको जिम्बाबेलाई पराजित गर्दै इतिहास रच्ने अवसर नेपाल सामु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्