Logo

धेरै नै दुब्ली हुनुहुन्छ भने यस्तो ड्रेस लगाउँदा उपयुक्त हुन्छ !



Spread the love

धेरै तौल भएका महिलालाई मात्र नभएर एकदमै कम तौल भएका युवतीहरुलाई पनि कपडा लगाउँने विषयमा जहिलै चिन्ता हुने गर्दछ । धेरै दुब्ली युवतीहरु स्टाइलिस लुकमा देखिने चाहाना हुँदा हुँदै पनि शरीरमा कपडा नमिल्दा रहर अधुरै रहेको कतिपय युवतीहरुको गुनासो रहेको छ ।

यसमध्ये यदि तपाईं पनि पर्नुहुन्छ र तौलको कारण आउटफिट छान्न गाह्रो भईरहेको छ भने भारतीय टेलिभिजनकी एरिका फर्नान्डिजको स्टाइलिस लुकबाट केही टिप्सहरु लिन सक्नुहुन्छ ।

-पातली युवतीहरुले सधैँ सारी सीधा र साधारण नै लगाउनुपर्छ भन्ने छैन । सारीमा फ्रिल्स हालेर लगाउँदा धेरै पातली युवतीका लागि सुहाउँदो देखिन्छ ।

-आजभोलि नेपालमा पनि इन्डो–वेस्टर्न सारी फेशनको रुपमा आउन थालेको छ । यसमा पातली युवतीहरु आफूले चाहेको जस्तो देखिन सक्छन् ।

-अफिसमा काम गर्ने युवती छन् भने उनीहरुका लागि इन्डो–वेस्टर्न ब्लेजर उपयुक्त हुन्छ ।

-प्रायः पेन्सिल स्कर्ट कालो रङमा मात्रै देखिन्छ तर पातली युवतीका लागि मल्टिकलर्ड पेन्सिल स्कर्ट राम्रो देखिन्छ ।

-यसैगरी, डार्क बटममा शर्ट र स्किनी टप लगाउँदा तपाईंलाई थोरै मोटी देखाउँछ ।

-त्यस्तै, मिडि ड्रेसहरु पनि फरक–फरक स्टाइलको छान्नुपर्छ ।

-कुर्ता लगाउँदा प्लाजोसँग लगाउँदा पातली युवतीहरुलाई राम्रो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्