Logo

नेपाली फुटबल टोली बुधबार अस्ट्रेलिया प्रस्थान गर्ने



Spread the love

१४ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली अस्ट्रेलियासँग विश्व कप छनोट खेल्नु एक साता अगाबै त्यहाँ पुग्ने भएको छ । बुधबार नेपाली टोली अस्ट्रेलिया जाने तयारीमा रहेको हो । यद्दपी टोलीको भिसा भने आउन बाँकी रहेको छ ।

नेपाली टोलीले सिड्नीस्थित प्राइभेट फुटबल एकेडेमीमा केहि दिन प्रशिक्षण गर्ने कार्यक्रम तय भएको छ । असोज २३ गते नेपालले अस्ट्रेलियाको सामना गर्नेछ । अस्ट्रेलियासँग खेलको भोलिपल्ट नै नेपाली टोली जोर्डन प्रस्थान गर्नेछ । नेपाल र जोडर्नबीच असोज २८ गते खेल हुनेछ । त्यसपछि नेपाली टोली स्वदेश फर्कनेछ ।

प्रतिक्रिया दिनुहोस्