Logo

संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुन्छ : मन्त्री पौडेल



Spread the love

१४ असोज, हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भए पनि एकअर्काबीच सद्भाव, सम्मान र समभावका कारण नेपाली–नेपालीबीच बलियो एकता रहेको बताएका छन् ।

आज विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री पौडेलले सो कुरा बताएका हुन् l

मन्त्री पौडेलले प्रदेश नम्बर ३ सङ्घको राजधानी र देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत राजधानी रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले चाडवाड मनाउँदा विकृति रहित ढङ्गले मनाउनुपर्ने बताउँदै संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्