Logo

चिसोबाट बच्नका लागि के खाने?



Spread the love

हामीलाई थाहा छ, जब गर्मीयाम हुन् थाल्छ, तब मानिसहरूले शीतलता प्राप्तिका लागि अधिक मात्रामा पानी, जुस तथा चिसो पदार्थहरू पिउने गर्छन् l जसले गर्दा मानिसहरूले शरीरमा शीतल प्राप्त भएको महसुस गर्नका साथ साथै आनन्द हुने गर्छ l त्यस्तै गर्मियाममा शीतलता पाउनका लागि सो खानेकुरा खाने गर्छन् भने जाडो मौसममा पनि यी खानेकुरा खानु आवश्यक छ l जुन स्वास्थ्यको लागि लाभदायी हुन् पुग्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त खानेकुराबारे l

केरा :
यदि तपाईँ जाडोयाममा चिसोबाट बच्न चाहनुहुन्छ, भने अधिक मात्रामा केरा खाने गर्नुहोस् l जसको सेवन गर्नाले जाडोयाममा चिसोबाट बच्न सकिन्छ, साथै स्वास्थ्य पनि स्वस्थ रहन्छ l

मेवा :
जाडो मौसममा मेवाको सेवन गर्नु पनि लाभदायी हुन्छ l यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइने हुनाले चिसोबाट बच्न सकिन्छ l त्यसैले जाडोयाममा मेवा खानुपर्दछ l

सखरखण्ड :
यसमा भिटामिन ‘ए’ को साथ साथै इ पनि पाइन्छ l जसले रक्तकोषहरु मर्नबाट जोगाउनका साथ साथै जाडोयाममा सर्दीबाट पनि बचाउने गर्दछ l

अंगुर :
अधिकांश मानिसहरूलाई अंगुर मनपर्ने हुन्छ l जसमा पर्याप्त मात्रामा भिटामिन सी हुन्छ । यसमा कोलस्ट्रोल (चिल्लो) घटाउने अरू तत्वहरू पनि मिसिएको हुन्छ । जसको सेवन गर्दा स्वास्थ्य स्वस्थ रहने गर्छ l

स्याउ :
यदि तपाईँ जाडोयाममा स्याउको सेवन गर्नुहुन्छ, भने यसले चिसोबाट बचाउनका साथ साथै रुघाखोकीबाट पनि बचाउने गर्छ l स्याउले मुटु सम्बन्धी रोग घटाउनुको साथै क्यान्सरबाट पनि बचाउँछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्