Logo

जान्नुहोस् हाँस्नुका फाइदाबारे



Spread the love

अक्सर मानिसहरू सुन्दर देखिनका लागी विभिन्न क्रिम वा महँगा समंग्रीहरूको प्रयोग गर्ने गर्छन् l जुन छालाका लागि भने असरदायी हुने गर्दछ l त्यसैले यस्ता महँगा सामानहरूको प्रयोग नगर्नु नै उचित रहन्छ l बरु त्यस्ता क्रिमको प्रयोग गर्नका सट्टा हाँस्ने बानी बसाल्नुहोस् l जसले तपाइको सुन्दरता निखार्नुका साथ साथै स्वास्थ्यमा पनि फाइदा पुर्‍याउने गर्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ, यसका फाइदाबारे l

कमर दुखाइबाट आराम :
यदि तपाईँ कमर दुखाइजस्ता पीडामा हुनु हुन्छ भने बढी मात्रामा हाँस्ने गर्नुहोस् l जसले गर्दा यस्ता समस्याबाट मुक्ति प्राप्त हुने गर्छ l चिकित्सकहरूले ‘लाफिङ थेरापी’ को सहयोगले बिरामीको उपचार पनि गर्ने गरेका छन् ।

तनाव भाग्छ :
के तपाईँ तनावमा हुनु हुन्छ, यदि हुनु हुन्छ भने हाँस्ने गर्नुहोस् l जसले गर्दा तनाव, पीडा तथा झगडा हटाउने गर्दछ l अझ मन खोलेर हाँस्दा खेरि सारा तनाव हटी मानसिक तथा शारीरिक समस्याबाट पनि छुटकारा पाउन सकिनेछ l

शरीर तन्दुरुन्त रहन्छ :
हाँस्नुले हृदयको एक्सरसाइज हुन्छ । रक्तसञ्चार पनि राम्रोसँग हुन्छ । हाँसेको खण्डमा शरीरबाट एन्डोर्फिन नामक रसायन उत्पादन हुन्छ, जसले शरीरलाई तन्दुरुस्त बनाउँछ ।

प्रतिरक्षातन्त्र बलियो :
हँसाइबाट धेरै मात्रामा अक्सिजन प्राप्त गर्न सकिन्छ । अक्सिजनको उपस्थितिमा क्यान्सरजन्य कोषिका र अन्य प्रकारका हानिकारक ब्याक्टेरिया तथा भाइरस नष्ट हुन्छ । यसबाट शरीरको प्रतिरक्षातन्त्र बलियो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्