Logo

नेपाल आइडल आयोजकको कडा चेतावनी



Spread the love

पछिल्लो समय नेपाली टेलिभजन रियालिटी शो ‘नेपाल आइडल’ निकै नै लोकप्रिय हुँदै गएको छ । अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो भएकोले पनि यसको लोकप्रियता बढेको हो । स्टेजदेखि वाद्यवादकको समूहबाट दर्शक प्रभावित छन् ।जातिका आधारमा कलाकारलाई हेर्ने दृष्टिकोणले सही कलाकारको छनौट हुन नसक्ने भन्दै आइडलले फेसबुक पेज मार्फत आफ्नो भनाई सार्वजनिक गरेको हो ।नेपाल आइडलले प्रतिस्पर्धीलाई एक जाति वा समुदायको मात्रै सीमित गर्ने अधिकार कसैलाई नभएको बताएको छ।

‘अरू पर्दा ठीक, आफू पर्दा बेठीक र आफ्नो जात, धर्म अनि समुदायको हुदा ठीक अरूको हुदा बेठीक भनि यसको दुष्प्रचार गरेर यसमा भएका देशकै आइडलहरुलाई एक समुदाय वा एक जातीमामात्र सीमित गर्ने अधिकार कसैलाई छैन। यदि कुनै प्रतियोगी वा प्रतियोगीका सम्बन्धितले त्यस्तो गरेमा सो प्रतियोगीको दावेदारी खारेज हुन सक्छ, यदि त्यस्तो हुन गएमा त्यसको जिम्मेवारी कसले लिने?’ नेपाल आइडलको आधिकारिक फेसबुकमा लेखिएको छ।

नेपाल आइडलका प्रतिस्पर्धीले पाएको भोट सार्वजनिक नगरेको र निश्चित जाति वा समुदायलाई विभेद गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणीहरु सार्वजनिक भएपछि नेपाल आइडलले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। उसले भोटिङको नियम परिवर्तन गर्न नसक्ने पनि प्रष्ट पारेको छ।

त्यस्तै गत हप्ता अतिथि निर्णायकका रुपमा आएका गायक रामकृष्ण ढकालले कुनै प्रतियोगीलाई मात्रै समर्थन गरेको भन्दै तिब्र आलोचना पनि भयो । ढकालले आफूले व्यक्ति विशेष भन्दा पनि आफूले राम्रो गाउनेलाई समर्थन गरेको स्पष्टिकरण दिएका थिए ।

आयोजकले कसैले आपत्ति जनाउँदैमा फ्रेम्यान्टल मिडिया लिमिटेड दिएको फम्र्याट भन्दा फरक किसिमले प्रतियोगिता आयोजना नहुने जनाएको छ । त्यस्तै कसैलाई पनि पूर्वाग्रह राखेर जातीय अभिव्यक्ति नदिन आयोजकले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्