Logo

च्याम्पियन्स लिगमा रियल मड्रिड ब्रुगससँग बराबरीमा रोकियो



Spread the love

१५ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बेल्जियम क्लब ब्रुगससँग स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा रियलले ग्रुगससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

रियलका लागि कप्तान सर्जियो रामोस र कासिमिरो गोल गरे । त्यस्तै, ब्रुगसका लागि भने दुवै गोल इमान्युएल डेनिसले गरे । पहिलो हाफमा नै दुई गोलअन्तरले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा दुई गोल गर्दै खेललाई बराबरीमा फर्कायो । ८४औं मिनेटमा रुड भोर्मेरले दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्लब ब्रुगस १० खेलाडीमा सीमित भएको थियो । बराबरीपछि दुई खेलबाट एक अंक जोडेको रियल मड्रिड समूह ए को पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्