Logo

त्रिकोणात्मक टी–२० सिरिज: आज नेपाल र सिंगापुर आपसमा भिड्दै



Spread the love

१५ असोज, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले आज अन्तिम खेल खेल्दैछ । नेपालले आज अन्तिम खेलमा आयोजक राष्ट्र सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एसोसिएसन मैदानमा नेपाली समयानुसार ५ : १५ मिनेटमा नेपाल र सिंगापुरबीचको खेल हुनेछ ।

नेपाल फाइनलमा प्रवेश गर्नका लागि आजको खेल जित्नैपर्ने दबावमा रहेको छ । यदि आजको खेलमा नेपाल पराजित भएमा जिम्बाब्वे र सिंगापुर आपसमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गर्ने छन् ।

यसअघि जिम्बाब्वेसँग भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । त्यस्तै, जिम्बाब्वेसँगकै अर्को खेलमा नेपाल ४० रनले पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्