Logo

क्रान्तिकारीको निर्बाचन, उपाध्यक्षमा तिलकराज भण्डारीको उम्मेदवारी !



Spread the love

माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागी निर्बाचन हुने पक्का भएको छ ।

यसका लागि सर्बसम्मत नेतृत्व चयनको पटक पटकको प्रयास असफल भएसँगै निर्बाचनको प्रक्रियामा जाने निर्णय भएको निर्बाचन समितिले जनाएको छ । निर्वाचनका लागि आज मनोनयन दर्ता, उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्बजनिक भएको छ । चुनावबाट चुनिने ३१ सदस्यीय पदाधिकारीको लागि २०२ जनाको उम्मेदवारी दिएका छन । ३३ सदस्यीय पदाधिकारीमा ३१ जना निर्वाचनबाट चुनिनेछन भने एक उपाध्यक्ष र एक उपमहासचिव पछी मनोनित गरिनेछ। माओवादीकै इतिहासमा पहिलोपटक अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचनमार्फत् चयन गरिन लागेको हो।

अध्यक्ष पदमा अनिल शर्मा, मदन अर्याल र रञ्जित तामाङको उम्मेदवारी परेको छ । भोली हुने नयाँ नेतृत्वका लागि सल्यानका तिलकराज भण्डारीले रञ्जित तामाङको प्यानल बाट  उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन।

आखिर को हुन भण्डारी ?

–  २०५४- विद्याथी संगठनको सदस्यता
–  २०५६- एसएलसी परिक्षा दिएसँगै होलटाइमर विद्याथी राजनीतिमा प्रवेश।
–  २०६० चुनाब मा संचालित जनसरकारको कामाण्डर।
–  दुई कार्यकाल अखिल क्रान्तिकारी सल्यानको अध्यक्ष।
–  १७ औ राष्ट्रिय सम्मेल्लनबाट केन्द्रिय सदस्य हुँदै केन्द्रिय सचीव ।
–  तल्कालिन युद्धकालमा विद्यार्थीको मगरात संयोजक।
–  पाँच नम्बर प्रदेश इन्चार्ज हुदै केन्द्रीय उपाध्यक्षको अनुभव।
–  हाल ३ नम्बर प्रदेशमा आफ्नो कार्यक्षेत्रमा।
–  भर्खरै सम्पन्न स्ववीयू चुनाबमा उनी इन्चार्ज रहेको थापाथली क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलले नै विजयी।
–  शैक्षिक आन्दोलनमा सक्रिय भण्डारी अखिल क्रान्तिकारी भित्रका कुशल संगठकका रुपमा समेत चिनिने गरेका छन्।
–  संगठनमा बौद्दिक व्यक्तितो भनेर चिनिने उनले राजनीति शास्त्रमा स्नातकोत्तर, साथै कानुनमा स्नातक उतिर्ण गरेका छन र हाल अधिबक्ता समेत रहेका छन।

पुर्व अध्यक्ष रमेश मल्लका उत्तराधिकारीका रुपमा चर्चामा रहेका सल्यानका तिलकराज भण्डारीको यसपटक अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षको उम्मेद्वारी दर्तालाई धेरैले निकै चासोका साथ हेरीरहेका छन् ।लामो समय देखी शैक्षिक आन्दोलनमा लागेका भण्डारी शिक्षामा रहेको शैक्षिक माफियाका विरुद्ध लामो समय संघर्स गरेका पात्र हुन । पुर्व देखी पश्चिम सम्म संगठनकै लागी हिंडेका उनी सबैमाझ लोकप्रिय छन र सजिलै चुनाव जित्ने आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्