Logo

सर्लाहीमा जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी



Spread the love

१५ असोज, सर्लाही। जंगली च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकामा एकै परिवारका ७ जना बिरामी भएका छन् । मंगलबार दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएका शंकरगञ्ज गाउँका राजन सिंह दनुवार, उनकी श्रीमती चन्दा सिंह दनुवार, छोराहरु राकेश सिंह दनुवार, राजेश सिंह दनुवार, छोरी पुनिताकुमारी सिंह दनुवार, भाइ रमेश सिंह दनुवार, उनकी छोरी सोनीकुमारी सिंह दनुवार र छोरा जेयान सिंह दनुवार बिरामी भएका हुन् ।

उनीहरुको बयलवासमा सामान्य उपचारपश्चात थप उपचारको लागि राति नै जनकपुर पठाएको छ । त्यही गाउँमा तीन दिन पहिले जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्