Logo

म्यानचेस्टरबाट खेल्ने जापानी लेजेन्ड होन्डाको चाहना



Spread the love

१५ असोज, काठमाडौं। केइसुके होन्डाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने चाहना रहेको बताएका छन् । सामाजिक संजाल ट्वीटरको माध्यमबाट होन्डाले म्यानचेस्टर युनाइटेडको आधिकारि ट्वीटर ह्यान्डलमा एक ट्वीट पठाएर खेल्ने इच्छा व्यक्त गरेका हुन् ।

चोटले सताएको युनाइटेड अग्रपङ्तिका खेलाडीको खोजीमा रहेपनि होन्डाको यो चाहना भने असम्भव जस्तै देखिन्छ । एन्थोनी मार्सियल, मार्कस रासफोर्ड र पल पोग्बा अहिले घाइते भएका छन् । उनीहरुको विकल्पमा प्रशिक्षक ओलेले युवा खेलाडीलाई मौका दिएका छन् ।

होन्डाले इंग्ल्यान्डको कुनैपनि टोलीबाट खेलेका छैनन्। उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरिसकेका छन् । २००८ देखि सिनियर टोलीमा रहेका उनले जापानका लागि ९८ खेलमा ३७ गोल गरेका छन् ।

होन्डाले युनाइटेडमा करारमा राख्दै एक मौका दिन अनुरोध गर्दै विना पारिश्रमिक पनि खेल्न तयार रहेको संकेत देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्