Logo

टन्सिलबाट बच्नका लागि अपनाउनुहोस्, यी घरेलु उपाय



Spread the love

घाँटीको माथिल्लो भाग र मुखको पछाडि पट्टी छेउमा रहेका दुईवटा ग्रन्थीलाई टन्सिल भनिन्छ । यो अत्यन्तै तीव्र गतिमा देखापर्छ। यो एक प्रकारको गला सुन्निने समस्या हो । यो रोग लागेको बेलामा घाँटी दुख्ने, ज्वरो आउने, टन्सिल बढ्दै जाने, निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने जस्ता लक्षणहरू देखा पर्छन् । यो एक जटिल समस्याको रूपमा देखिन थालेको छ l त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर कसरी पाउन सकिन्छ त यस समस्याबाट? यस्ता छन् घरेलु उपायहरू :

  • यदि तपाईँ टन्सिल समस्याबाट ग्रसित हुनुहुन्छ भने आफ्नो घाँटीलाई कुनै न्यानो कपडाले ढाक्नुहोस् l जसले गर्दा तपाइले यी समस्याबाट केही राहत पाउनु हुनेछ l
  • तातो पानीमा थोरै बेसार मिसाएर मुख कुल्ला गर्दा पनि टन्सिलबाट धरै राहत मिल्ने गर्छ ।त्यसैले यस समस्याबाट छुटकारा पाउनका लागि राति सुत्नु भन्दा पहिला तातो पानीमा बेसार हाली कुल्ला गर्नुहोस् l
  • यदि तपाईँ यस समस्यामा हुनुहुन्छ भने मह मिसाएको मनतातो पानी तथा अन्य झोलीय पदार्थ पर्याप्त सेवन मात्रामा पिउने बानी बसाल्नुहोस् l जसले गर्दा तपाईँले यस समस्याबाट मुक्ति पाउन सक्नु हुनेछ l
  • हुन त चिया अधिकांश व्यक्तिलाई मनपर्ने गर्छ l तर तपाईँ यस टन्सिल समस्याबाट गुज्रीरहनु भएको छ भने चाही साधारण चिया होइन, हर्बल चिया पिउने गर्नुहोस् l जसलाई पिउँदा यी समस्याबाट केही राहत मिल्दछ l
  • यदि तपाईँ यस समस्यामा हुनुहुन्छ भने प्रत्येक दिन जसो मनतातो पानीमा नुन राखेर या मुख कुल्ला गर्नुहोस् l जसबाट केही आराम प्राप्त हुने गर्दछ l
  • जुन व्यक्ति टन्सिलबाट गुज्रिरहेको हुन्छ, त्यस्ता व्यक्तिहरू फ्रिजमा राखेको खानेकुरा खानु भने हुँदैन l जसको सेवन गरेमा सो समस्या अझ बढी उत्पन्न भएर जान्छ l

प्रतिक्रिया दिनुहोस्