Logo

पुच्छर सहितको शिशु जन्मेपछि….!



Spread the love

 

हामीले धरैथरिका रोचक वा विश्वास नलाग्दो घटनाहरू सुन्दै आएका छौँ l जसलाई पत्याउन गाह्रो नै हुन्छ l त्यस्तै छिमेकी देश भारतमा पनि एउटा यस्तो घटना घटेको छ l जसलाई सुनेर पत्यार लाग्दैन तर यो साँचो हो l

भारतको नोयडास्थित एक अस्पतालमा पुच्छर सहितको शिशुको जन्म भएको छ l जसलाई हेर्नका लागि मानिसहरूको घुइँचो नै लागेको छ l

अस्पतालका कर्मचारीका साथै त्यस ठाउँका अन्य मानिसहरू पनि विचित्र बच्चा हेर्न आउन थालेपछि चिकित्सकहरूले मातापितासहित शिशुलाई पनि घर पठाएका छन् l

शिशुको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो एक भाग निस्केको थियो । जसलाई देखेर चिकित्सकका साथै परिवारका मानिसहरू पनि छक्क परे l

चिकित्सक डा अनुराग भार्गवका अनुसार, यस्तो घटना जम्मा १ प्रतिशत देख्न पाइन्छ, जुन कन्जेनाइटल एब्नर्मालिटीका कारण हुने गर्छ l पुच्छरसहित शिशुको जन्म भएता पनि उनको स्वस्थ र आमाको दूध पिइरहेको चिकित्सकले बताए ।

सो पुच्छरले कुनै खतरा नगर्ने र बच्चालाई पछि शल्यक्रिया गरेर अतिरिक्त मासुको टुक्रा हटाउन सकिने चिकित्सकले जानकारी दिए l

प्रतिक्रिया दिनुहोस्