Logo

जान्नुहोस् रूख कटहरका फाइदाबारे



Spread the love

रुख कटहर विभिन्न ग्रीष्मकालीन फलहरू मध्ये एक महत्त्वपूर्ण फल हो । जुन नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ, कटहर, रुख कटहर, काँडेफल आदि । संसारका फलहरू मध्ये सबैभन्दा ठुलो फल कटहरको हो । जसको स्वाद निकै स्वादिलो हुनका साथी यसलाई तरकारीको रूपमा पनि प्रयोग गरिन्छ l यसको गुदी कोया सुगर र भिटामिनहरूको मुख्य श्रोत हो । त्यसैले आउनुहोस् चर्चा गरौँ, रूख कटहरबाट हुने फाइदाबारे l

  • पाकेको कटहरको गुदी राम्रोसँग पानीमा उमाल्ने र यसलाई सेलाउन हालेर पानीसँग पिउँदा एकदम स्फुर्ति बढ्छ । अपचको बिरामीलाई पनि यो पानीले फाइदा गर्छ ।
  • रुख कटहरको जरा दमको रोगीका लागि लाभदायक मानिन्छ । यसको जरालाई पानीमा मज्जासँग उमालेर त्यसलाई छानेर पिउँदा दम नियन्त्रण हुन्छ ।
  • कटहरमा स्याचुरेटेड चिल्लो पदार्थ निकै कम मात्रामा हुन्छ । यसले शरीरको तौल बढ्न दिँदैन । डाइटिङका क्रममा कटहरको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।
  • रुखकटहरमा पाइने भिटामिन ए आँखा तथा छालाका लागि राम्रो मानिन्छ । यसले आँखाको ज्योति बढाउन तथा छालामा निखार ल्याउन सहयोग गर्छ ।
  • कटहरको पाकेको फल सेवन गर्दा पेटको समस्याबाट मुक्ति पाउन सकिन्छ । यसले अपच कम गर्छ भने कब्जियत हुनेहरूलाई पनि राहत दिन्छ ।
  • नसाका बिरामीका लागि पनि कटहर लाभदायक मानिन्छ । यसको रसलाई पानीमा उमालेर चिसो बनाइ खाने हो भने नसाका बिरामीलाई निकै फाइदा हुन्छ ।
  • कटहरको चोप कुनै घाउमा लगाए सन्चो हुन्छ । पिलो आउँदा पनि कटहरको चोप लगाउन सकिन्छ । त्यसै गरी यसले मालिस गर्दा जोर्नीको दुखाइ पनि कम हुन्छ ।
  • एक कप कटहरमा यति धेरै पोटासियम हुन्छ कि यसले सोडियमको मात्रालाई घटाउन मद्दत गर्छ । यस्तै, यसले शरीरमा रगतको प्रवाहलाई सुचारू राख्नका लागि मद्दत गर्छ । रक्त चापका बिमारीका लागि यो निकै फाइदाजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्