Logo

बाराको लोकल रक्सि उत्पादन गर्ने खाल्डोमा ५ जनाको शव



Spread the love

१६ असोज, बारा – बारामा रहेको अबैध रक्सि उत्पादन गरिने स्थामा ५ जनाको शव फेला परेको छ । बुधबार साँझ करिब ८ बजे बाराको फेटा गाउँपालिका ४, बतरामा १ बालिका सहित ५ जनाको शव फेला परेको हो  ।

प्राप्त जानकारी अनुसार घरेलु रक्सी उत्पादन गर्ने सो स्थानमा करेन्ट लागेर ५ जनाको ज्यान गएको हो  ।

प्रहरीका अनुसनर सो स्थानमा करेन्ट लागेर करेन्ट लागेर स्थानीय ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, अन्दाजी ३५ वर्षीय जोगाका भाइ महेन्द्र मुखिया बिन र एक जना भारतीय कामदारको ज्यान गएको  छ ।

घटनाको प्रारम्भिक अवस्था हेर्दा करेन्ट लागेर घटेको जस्तो भएता पनि यसको बारेमा अनुसन्भान भइरहेको प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

प्रहरी उपरीक्षक खनालले ४-५ फिट गहिरो खाल्डोमा मदिरा उत्पादन गर्नका लागि जम्मा गरिएको पानीमा पाँचै जनाको शव फेला परेको बताए ।

प्रतिक्रिया दिनुहोस्