Logo

बिग्रेको हिसाब मिलाउँदै इंग्लिस क्लब लेस्टर सिटी



Spread the love

बिग्रेको हिसाब मिलाउँदै इंग्लिस क्लब लेस्टर सिटी

म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर ड्यारेन फ्लेचरका अनुसार इंग्लिस क्लब लेस्टर सिटि यो सिजन पुनः केही चमत्कार गर्ने पथमा हिडिरहेको छ । ३ वर्ष अगाडी चामत्कारिक रूपमा प्रिमियर लिगको ट्रफि उचाल्न सफल लेस्टर पुनः चमत्कार गर्ने पथमा अगाडी बढेको उनले बताएका छन् ।

क्लाउडियो रेनेरीको प्रशिक्षणमा म्यानचेस्टर सिटी, लिभरपुल, म्यानचेस्टर युनाइटेडलाई समेत पछि पार्दै प्रिमियर लिग जितेको यो क्लब घरेलु प्रिमियर लिगको चौँथो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनौट हुन कसरत छ । यदि अहिलेकै जस्तो प्रदर्शन कायम राख्न सके लेस्टर अर्को सिजनको च्याम्पियन्स लिगको खेल तालिकामा देखिने निश्चित छ ।

“लेस्टरसँग जोनी इभान्स, जेमी भार्डी तथा कास्पर स्माइकल जस्ता टिमका मेरूदण्ड छन् । उनीहरूले जितका लागि उत्सुकताका साथै जितको लायक भएको समेत प्रमाण देखाइसकेका छन् । “ एक विशेष अन्तर्वार्तमा फ्लेचरले खेलाडीको प्रशंसा गर्दै भने । “ उनीहरूले उत्कृष्ट चारमा रहँदै यो सिजनको उत्कृष्टलाई सहज रूपमा परिणत गर्न सक्छन् । “

२०१५\१६ को सिजनपछि मैदानमा कसरत गरेता पनि अंक तालिकामा संघर्ष गर्दै आएको लेस्टर फेब्रुअरी पछि भने नयाँ लय समात्न सफल भएको छ । फेब्रअरी पछि भएका खेलहरूमा साबिक विजेता म्यानचेस्टर सिटी र लिभरपुलले मात्र लेस्टरको भन्दा बढी अंक बटुल्न सफल भएका छन् । फेब्रुअरी भन्दा पछि अंक गणितमा लिभरपुल ४९, म्यानचेस्टर सिटी ४३ र लेस्टर ३१ सहित क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।

सफल कार्यकाल बिताएका रेनेरीको असफल सिजनमा लेस्टरले खेलेका छ खेलमा ५ खेलको नजितामा विपक्षीको नाम लेखिएको थियो । तर, रेनेरीलाई प्रतिस्थापन गर्दै आएका रोडर्सले लेस्टरलाई नवौँ स्थानमा पुर्याए । जम्मा ५ अंकको हिसाब किताबमा गडबड हुँदा लेस्टर युरोपा लिगका लागि छनौट हुन सकेन अहिले भने फेब्रुअरिबाट सुध्रिँदै आएको लेस्टरको नतिजाले नयाँ आशा जगाएको छ । म्यानचेस्टर युनाइटेडसँगको १\० को हार नै यो सिजनको एकमात्रै खराब नतिजा हो लेस्टरको । वुल्भ्स र चेल्सीजस्ता बलिया टिमसँग बराबरी नतिजा निकालेको लेस्टर यो सिजन पक्कै केही गर्न नै लम्केको छ ।

लेस्टर सुधारक रोजर्स

पूर्व मिडफल्डरले लेस्टरको सुधारका नायक रोजरलाई ठम्याएका छन् । चामत्कारिक रूपमा प्रिमियर लिगको उपाधि चुमेपछिका गत ३ सिजन लेस्टर उत्कृष्ट ८ भित्रसम्म अटाउन सकेको थिएन । रोजर्सले लिएको जिम्मेवारीलाई इंगित गर्दै फ्लेचरले भने, “रोजर्सले काम सुरू गर्नुभदा अगाडी खेलाडीसँग राम्रो काम गर्न सक्छु भनेर नै यो काम लिएको हुनु पर्छ । सायद उनले सोचे, म सबै युवा खेलाडीको प्रतिभालाई तिखार्न सक्छु र म यो चाहन्छु पनि । “

फ्लेचरले बताए अनुसार रोजर्स खेलाडीको शारिरिक तथा मानसिक तन्दुरूस्तीमा समेत ध्यान दिने व्यवस्थापकमा पर्दछन् । खेलाडीले रोजर्स मन पराउने कारणबारे बोल्दै भने, “मैले रोजर्सँग काम गरेका धेरै खेलाडीसँग सोधे र रोजर्सको हेरचाहले खेलाडीको मन पग्लिने गरेको पाए ।लेस्टरकै एक खेलाडीसँग मैले सोध्दा रोजर्स नै पहिलो प्रशिक्षक थिए जो खेलाडीसँग आएर केही कुरा हामीलाई बाडे अनि हाम्रा पनि केही कुरा बटुलेर लिएर गएको बताए । “

प्रिमियर लिगमा लेस्टर अहिले ७ खेलमा १४ अंकका साथ तेश्रो स्थानमा रहेको छ । यहि लय राखेमा लेस्टर पुनः यो सिजन पनि प्रिमियर लिग च्याम्पियन नहोला भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्