Logo

जान्नुहोस् कालो अंगुर खानुका फाइदै फाइदा



Spread the love

कालो अंगुर एक स्वादिष्ट फल हो l जुन स्वास्थ्यको लागि धेरै नै फाइदाजनक हुन्छ l अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । जसको सेवन गर्नाले अनेकौँ रोगहरूबाट बचाउँदछ l विशेष गरी यो गर्मीको मौसमको लागि धेरै नै उपयोगी फल हो । जसले गर्मीयाममा स्वास्थ्य स्वस्थ राख मदत गर्दछ l त्यसैले आउनुहोस् चर्चा गरौँ कालो अंगुर सेवन गर्दा हुने फाइदाबारे l

  • कालो अंगुरमा फ्लेवेनाइड्स तथा एसपिरिन पाइन्छ l जसले हृदयघात जस्ता रोगबाट बचाउनुका साथै शरीरमा रगत जम्नबाट पनि रोक्ने गर्छ l
  • यसको सेवन गर्नाले शरीरमा बढी भएको युरिक एसिडको स्तर कम गर्छ जसले किड्नीमा भार बढ्दैन र किड्नी स्वस्थ रहने । त्यसैले दिनहुँ यसको सेवन गर्नु उचित रहन्छ l
  • अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारो, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।
  • कालो अंगुरमा ग्लुकोज पर्याप्त हुन्छ । यसले शरीरमा स्फूर्ति जगाउने, पाचन संयन्त्र, बलियो बनाउने, आँखा, कपाल र छालाको सौन्दर्यमा पनि सहयोग गर्दछ ।
  • क्यान्सरबाट बच्नको लागि कालो अंगुर फाइदाजनक छ । खासगरि छालाको क्यान्सरबाट बच्नको लागि यसको सेवन धेरै नै प्रभावकारी हुन्छ ।
  • अल्जाइमरको बिरामीहरूको लागि कालो अंगुर फाइदाजनक हुन्छ । यसमा रहेको रेसवेराट्रोल नामक तत्त्व अल्जाइमरबाट लड्नको लागि धेरै नै प्रभावकारी हुन्छ ।
  • कालो अंगुरको नियमित सेवन गर्नाले रुघाखोकी जस्ता समस्याबाट राहत मिलनका साथ साथै त्वचाका लागि पनि यो फाइदाजनक साबित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्