Logo

कसरी पाउने रुघाबाट छुटकारा?



Spread the love

रुघा एक सरुवा रोग हो । यो दूषित हावा,पानी आदिका माध्यमबाट एक व्यक्तिबाट अकों व्यक्तिमा सने गर्दछ । रुघा राइनो भाईरसको माध्यमबाट लाग्ने रोग हो । बूढापाका, बालबालिका र जटिल स्वास्थ्य स्थिति भएकाहरूका लागि सामान्य रुघाखोकीले समेत स्वास्थ्यसम्बन्धी जटिलता निम्त्याउन सक्छ । यस्ता व्यक्तिहरूले सामान्य रुघाखोकी हुँदा पनि चिकित्सकको सल्लाहअनुसार उपचार प्रक्रिया अघि बढाउनुपर्छ । रुघा लागेको बेलामा मानिसको मन पनि एकाग्र हुँदैन । मानिसको स्मरण शक्तिले पनि ठीकसँग कार्य गर्दैन । रुघा लागेको बेलामा मानिसको स्थिति मनस्थिति कस्तो हुन्छ, सबैले अनुभव गर्दै आएको कुरा हो । त्यसैले आउनुहोस् चर्चा गरौँ, यस समस्याबाट बच्ने उपायबारे l

  • यदि तपाईँ रुघाबाट ग्रसित हुनुहुन्छ भने तुलसीको पातको प्रयोग गर्नुहोस् l किनकि यो सामान्य रुघाखोकीका लागि सबैभन्दा राम्रो उपचार हो । यसले भाइरसलाई समेत निष्क्रिय पार्छ ।
  • अदुवा र बेसार हालेर पकाएको पानीले बिहान, दिउँसो र बेलुकी दिनको तीन पटक कुल्ला गर्नाले पनि तस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ l
  • नुनपानीले दिनमा तीन पटक कुल्ला गर्दा छातीसम्बन्धी संक्रमणको सम्भावना ४० प्रतिशतसम्म कम हुन्छ । जसले गर्दा रुघाबाट केही राहत मिल्दछ l
  • के तपाईँलाई रुघा लागेको छ? यदि छ भने सुत्ने बेलामा पैतलामा तोरीको तेलले मालिस गरी सुत्नुहोस् l जसले गर्दा तपाईँलाई राहत भएको महसुस हुने गर्दछ l
  • अलैंचीलाई चियामा उमालेर पिउनाले रुघा ठिक गर्छ । यदि फेरि पनि रुघा लागेमा अलैंचीको दानालाई रुमालमा बेरेर सुँघ्नाले रुघाबाट छुटकारा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्