Logo

थाहा पाउनुहोस्, काँक्रोका चमत्कारी फाइदाबारे



Spread the love

काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो। काँक्रोको उत्पत्ति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ । अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन । यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ । काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । यसबाहेक यसबाट कार्बोहाइडे्रट, क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि पनि प्राप्त गर्न सकिन्छ । यसमा पानीको मात्रा झन्डै ९४ देखि ९६ प्रतिशतसम्मा हुन्छ । त्यसैले आज हामी चर्चा गरौँ, काँक्रो खादा स्वास्थ्यमा पुग्ने फाइदाबारे l

  • काँक्रोमा प्रशस्त मात्रामा पानी हुने हुनाले यसको सेवन गर्नाले शरीरमा पानीको मात्रालाई कायम राख्ने गर्दछ। जसले गर्दा शरीर स्वस्थ रहन मदत पुग्दछ l
  • यदि तपाईँ जोर्नी दुखाईबाट ग्रसित हुनहुन्छ र यस समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने पनि यसको सेवन गर्नुहोस् l जसले गर्दा तपाईँले सो समस्याबाट छुटकारा पाउन सक्नु हुनेछ l
  • के तपाईँ आफ्नो तौल बढेर हैरान हुनहुन्छ? यदि हुनुहुन्छ भने अधिक मात्रामा काँक्रोको सेवन गर्ने गर्नुहोस् l जसको सेवन गर्दा शरीरको तौल घट्ने गर्छ l
  • शरीरमा पाचन शक्तिलाई वृद्धि गर्न तथा उपयुक्त रूपमा पाचन क्रिया गराउन पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। त्यसैले काँक्रोको सेवन गर्नुपर्दछ l
  • शरीरका क्यान्सरजस्ता रोग विरुद्धको प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्न मद्दत गर्नका साथ साथै क्यान्सर जस्ता रोगबाट पनि बच्न सकिनेछ l
  • यदि तपाईँ टाउको दुख्ने, अल्छीपना जस्ता समस्यालाई हटाउन चाहनुहुन्छ भने पनि काँक्रोको सेवन गर्ने बानी बसाल्नुहोस् l जसले गर्दा यस्ता समस्या एवं तनावबाट मुक्ति दिलाउन मद्दत गर्दछ।

प्रतिक्रिया दिनुहोस्