Logo

सुर्खेतमा जिप दुर्घटना, ४ जना घाइते



Spread the love

 सल्यान- सुर्खेतको सिम्तामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।सिम्ता गाउँपालिकाको डाडाँखालीबाट राकम आउँदै गरेको लु १ च ७३६५ जिप व्रेकफेल भई दुर्घटना भएको हो ।

गाउँपालिकाको वडा नं. ७ गायाखोलामा भएको दुर्घटनामा परी घाइते भएका ४ जनालाई उपचारको लागि नेपालगंज पठाइएको एसपि मोहन आचार्यले जानकारी दिनुभयो ।
घाइतेहरुको अवस्था सामान्य रहेको उहाँले वताउनुभयो । दुर्घटनाग्रस्त जीपमा ५ जना सवार रहेपनि १ जना सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस्