Logo

करेन्ट लागेर एकको मृत्यु



Spread the love

१६ असोज,झापा । झापामा करेन्ट लागेर एकको मृत्यु भएको छ l मृत्यु हुनेमा दमक नगरपालिका-५ संगम टोलमा बसोबास गर्ने ४० वर्षीय चिन्टु माझी रहेका छन् ।

आफ्नै घर अगाडि पानी जमेको नालीमा करेन्ट लगाई माछा मार्नेक्रममा माझीलाई करेन्ट लागेको हो l करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफ-लाइन अस्पताल दमकमा लागिएको थियो l उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको ।

प्रतिक्रिया दिनुहोस्