Logo

थाहा पाउनुहोस्, मरिच सेवन गर्दा हुने फाइदाबारे



Spread the love

हामीलाई थाहा छ, कालो सुकेको मरिचको प्रयोग हामीले हाम्रो भान्सामा प्रयोग गर्ने गर्छौँ l जसलाई गरम मसलाको सबैभन्दा राम्रो स्रोत मानिन्छ l जसको सेवन गर्नाले पिरो स्वाद प्राप्त हुन्छ l साथै स्वादिलो पनि l यसको प्रयोग मात्र मसलामा मात्र नभई जाडो मौसममा चियासँग राखेर पिउनका लागि पनि गरिन्छ l जसको चुस्की लिँदा न्यानो भएको अनुभव हुन्छ l यसको सेवन गर्नाले स्वास्थ्य पनि स्वस्थ रहन्छ l जस कारण यसको सेवन गर्नु उचित मानिन्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ मरिचको सेवन गर्दा स्वास्थ्यमा पुग्ने फाइदाबारे l

  • कालो मरिचमा कीटाणु नाशक गुण हुने भएकाले यसको सेवनले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यो बेसारसँग मिसाएर नियमित खाँदा क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।
  • तेललाई हल्का गरम गरी यसमा कालो मरिज मिलाउनुहोस् । यसले ढाड र काँधमा मालिश गर्नुहोस् । गठिया रोगमा पनि कालो मरिज निकै लाभदायक साबित हुन्छ ।
  • पाइल्सको समस्या छ भने मरिच उत्तम औषधी हो । जिरा, चिनी र मरिचका दानाहरूलाई पिँधेर धूलो बनाउनुहोस् l र बिहान बेलुका तीन चोटि खानुहोस् ।
  • कालो मरिचको धुलो नियमित सेवन गर्दा रुघाखोकी निको हुन्छ । साथै, धुवाँ–धुलोका कारण छातीमा हुने समस्या, फ्लु, भाइरलको संक्रमणबाट जोगिनसमेत सकिन्छ ।
  • कालो मरिज शरीरको बोसो कम गर्न सहयोगी हुन्छ । यसबाट पाचन प्रक्रिया सन्तुलित हुन्छ र कम समयमा अधिक क्यालोरी खर्च हुन्छ । साथै यो शरीरबाट टोक्सिन्सलाई निकाल्न सहयोगी हुन्छ ।
  • तपाईँका आँखा कमजोर छन् भने मरिच पिसेर धूलो बनाउनुहोस् l अनि घिउसँग यसलाई मिसाएर नियमित सेवन गर्नुहोस् । यसो गर्दा आँखा तेजिलो हुनेछ ।
  • दाँत बलियो हुन्छ गिजा सुन्निने र श्वासबाट दुर्गन्ध आउने समस्या छ भने थोरै नून र थोरै कालो मरिजलाई पानीमा मिलाएर यसलाई गिजामा लगाउनुहोस् । जसले गर्दा सो समस्याबाट राहत मिल्दछ l

प्रतिक्रिया दिनुहोस्