Logo

यसकारण खाने गरौँ बदाम



Spread the love

सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदाम खाने प्रचलन बढी भए पनि बदाम सधैँ खाँदा फाइदा पुग्छ । यो एक शरीरको वृद्धि विकासका लागि प्रोटिन नभई नहुने तत्त्व हो । जुन शरीरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि दूध उपलब्ध छैन भने त्यसको सट्टामा पनि बदाम खान सकिन्छ। बदाम बढ्दो उमेरका केटाकेटी तथा वृद्धवृद्धाका लागि राम्रो मानिन्छ । त्यसैले आउनुहोस् चर्चा गरौँ, बदाम खादा स्वास्थ्यमा पुग्ने फाइदाबारे l

  • बदाममा हुने ओलिक एसिडले रगतमा हुने खराब कोलेस्ट्रोल कम गर्दछ र गुड कोलेस्ट्रोलको स्तरलाई बढाउने गर्दछ । यसले शरीरमा हुने कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा राख्न निकै ठुलो भूमिका निर्वाह गर्ने गर्दछ ।
  • यसमा प्रशस्त मात्रामा मिनरल्स हुन्छ। यसले शरीरमा फ्याट,कार्बोहाइड्रेट,मेटाबोलिजम र क्याल्सियलाई सन्तुलन मिलाउने काम गर्छ। नियमित बदाम खाँदा मधुमेहको जोखिम कम हुन्छ ।
  • बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनावबाट मुक्ति हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस् ।
  • यसमा अत्यधिक मात्रामा फोलिक एसिड पाइन्छ जसले महिलाको प्रजनन क्षमतालाई वृद्धि गर्छ। यसबाहेक शिशुको स्वास्थ्यलाई पनि सकारात्मक असर पुग्ने गर्छ ।
  • बदाममा हुने क्याल्सियम र भिटामिन डी ले हड्डीलाई मजबुत बनाउन मद्दत गर्दछ । यो हाम्रो हड्डीको लागि एउटा सर्वश्रेष्ठ र सस्तो उपचार पनि हो ।
  • यदि अनुहारको छालामा फुस्रो वा दाग छ भने बदामको प्रयोग गरी सुन्दर छाला बनाउन सकिन्छ । नियमित बदाम खाएमा छालामा हुने सुख्खा वा खस्रो पनाबाट बचाउँछ ।
  • बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्त्व हुन्छन् । जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

प्रतिक्रिया दिनुहोस्