Logo

तास, त्रास र मदिरामय फुर्सद



तास, त्रास र मदिरामय फुर्सद

एउटा प्रश्नमा गमिरहन्छु अचेल- ‘‘हाम्रो भविष्य कतातिरको ?’’ मलाई थाहा छ, भविष्य अनिश्चित छ तर लाग्छ त्यसको निर्णायक वर्तमान हो ।
हामी भोलि त केही होला भन्ने आशमा बाँचिरहने प्राणी । भोलिको सुनौलो भविष्यको कल्पनामा हराइरहने जात हो मान्छे । त्यो म पनि हुँ र हजुरहरू पनि । तर हामीहरू वर्तमान सुधारमा ध्यान दिँदैनौ । यो एउटा कमजोरी जरुर छ- हामीसँग ।

हिन्दु धर्मावलम्बीका महत्त्वपूर्ण चाडपर्वहरू हुन् दशैं र तिहार । जो नजिकिएका छन्, हाम्रा वरिपरि छन् । यी चाडपर्वहरूसँग हाम्रो संस्कृति जोडिएको छ । हाम्रा पहिचान पनि हुन्- यी चाडपर्वहरू । र, सांस्कृतिक प्रतिबिम्बहरू पनि । तर आधुनिकताको नाममा चाडपर्व मनाउने शैलीले भोलि निश्चय नै केही दुर्घटना ल्याउने छ । त्यसो त हिजो भन्दा केही न केही सुधार भएका पक्षहरू पनि छन् नै । र, केही जरुर सोच्नै पर्ने कुराहरू पनि छन् ।

कुनै अभिभावक होलान् आफ्ना छोराछोरी बाटोघाटो हिँडेको देख्ने ? जरुर कोही छैनन् । कसैले यस्तो सोच्दैनौ हामीहरू कि छोराछोरी गलत बाटोमा हिंडुन । तर हामीहरूले बिर्सिएको एउटा कुरा हाम्रा छोराछोरीहरूले हामीले भनेको मात्रै गर्दैनन्, त्यो भन्दा बढी हामीहरूले जे गरिरहेका छौ त्यही कुराको नक्कल गरिरहेका हुन्छन् । अब यहाँनेर एउटा प्रश्न जरुर जन्मन्छ । कसको दोष रहेछ हाम्रा छोराछोरीहरू बिग्रनुमा ? हामी आफैले सोच्नु आवश्यक छ ।

 छोराछोरी जन्माउनु, हुर्काउनु
 छोराछोरीहरूलाई विद्यालयमा भर्ना गरिदिनु
 बिहान साँझ पेटभर खुवाउनु
 र, अन्य आवश्यकताहरूको पूर्ति गरिदिनु

यी हामी सबैले गरिरहेका कामहरू हुन् । छोराछोरीप्रति निभाइरहेका कर्तव्यहरू हुन् । केही समस्याका कारण अथवा अन्य कारण पुरा गरिदिन नसकेको कुरा फरक रह्यो । साथमा हामीहरूले दिनुपर्ने एउटा राम्रो संस्कार पनि हो । हाम्रो ध्यान त्यता पनि जान जरुरी छ ।

रङ्ग–रमाइलो अथवा मनोरञ्जन जीवनका आवश्यक पक्षहरू हुन् । मनोरञ्जन गर्नु आवश्यक छ पनि । जीवन न हो, सोंचौ न के छ र ? तर, यसले सिङ्गो समाज र राष्ट्रलाई गलत मार्गमा पुराउँछ भन्ने कुरा पनि बुझ्न जरुरी छ । सम्झन जरुरी छ । ध्यान दिन जरुरी छ ।

नराम्रो मान्छेका रूपमा परिचित मान्छेको नक्कल बालबालिकाले त्यति गर्दैनन्, जति राम्रो मान्छेको गर्छन् । समाजमा सामाजिक परिचय बनाएका मान्छेहरू नै बालबालिकाका लागि रोल मोडल हुन् । त्यसैले समाजका शिक्षित र सचेत व्यक्तिकै ध्यान यसतर्फ जानु पहिलो आवश्यकता हो ।

मदिरा पिउनेहरूले चोकमै अथवा चौतारीमै बसेर पिउन जरुरी छ ?
तास खेल्ने नै हो भने चोक तथा चौतारीमै बस्न जरुरी छ ?


मदिरा पिउनेहरूले चोकमै अथवा चौतारीमै बसेर पिउन जरुरी छ ?
तास खेल्ने नै हो भने चोक तथा चौतारीमै बस्न जरुरी छ ?
यी गम्भीर प्रश्नहरू छन् । हामीहरूले सोच्छौ,  हामीहरूले भनेको गरुन् केटाकेटी त्यस्तो कदापि हुँदैन । हामीहरूले जो गरिरहेका हुन्छौ, त्यही सिकिरहेका हुन्छन् केटाकेटीहरू ।

दशैं र तिहार नजिकिएका छन् । यी चाडपर्वहरूमा यस्तो प्रवृत्ति बढी देखिन्छ । त्यसो त हरेक समाजमा एउटा खेमा छ जो सधैभर जुवातास र जाँडरक्सीमै रमाउँछ । अझ त्यसमा पनि समस्याको कुरा के छ भने शिक्षकवर्ग तथा समाजमा स्थापित वर्ग नै चौतारी अथवा सार्वजनिक क्षेत्रमा यी विकृतिहरूसँग रमिरहेका हुन्छन् । यहाँसम्मको विडम्बनाले भोलिको हाम्रो भविष्य के होला ?एउटा चेली मुश्किल मुश्किलले माइत गए झैं गाउँ निस्कने कहिलेहाँही संयोग जस्तै बन्छ । घर जानु पनि एउटा अवसर जस्तो बन्ने कुरा पनि सिर्जना गरेको छ जिन्दगीले । हरेक पटक परिवर्तन देखिन्छ गाउँमा । हिंजो भन्दा आज गाउँको अनुहार धेरै बदलिएको छ । निश्चय नै केही सकारात्मक कुराहरुको पनि विकास भएको छ । त्यसमा पनि दुःखको कुरा मान्छेमान्छेमा हुनुपर्ने सम्मान घटेको छ । एकअर्काप्रतिको प्रेम घटेको छ । हार्दिकता र आत्मियताले अलि टाढा बसाइ सरे जस्तो पनि लाग्दछ गाउँमा अचेल । निश्चय नै समय र प्रबिधिले ल्याएको यस परिवर्तनका सकारात्मक र नकारात्मक दुबै नतिजा हामी भोगिरहेका छौ । तर आधुनिकताको नाममा जो गलत क्रियाकलाप अगाडि बढाइरहेका छौ, त्यसले निश्चय नै भोलि हाम्रो समाजमा केही आपत्ति नल्याउला भन्न सकिँदैन ।

हिजो भन्दा आज गाउँको अनुहार धेरै बदलिएको छ । निश्चय नै केही सकारात्मक कुराहरूको पनि विकास भएको छ । त्यसमा पनि दुःखको कुरा मान्छे-मान्छेमा हुनुपर्ने सम्मान घटेको छ । एकअर्काप्रतिको प्रेम घटेको छ । हार्दिकता र आत्मीयताले अलि टाढा बसाइ सरे जस्तो पनि लाग्दछ गाउँमा अचेल ।


गाउँ गाउँमा बाटाहरू पुगेका छन् । निश्चय नै सकारात्मक छ यो कुरा । तरकारी पकाउने तयारी गरिरहेकै समयमा कराइ डढेर नुन तेल किन्न दौड्न सक्ने वातावरणको जन्म भएको छ । चामल कहिले सकिएला भन्दै पहिल्यै देखि ख्याल गरिरहनु पर्ने अवस्था अब छैन । सकिने बित्तिकै पसलमा गएर किनेर ल्याउन सकिने वातावरण सिर्जना भएको छ । हो, बाटोले यी यस्ता सहरिया सुविधाहरू गाउँमा पुराएको छ । भनौं न सहर नै पुगेको छ गाउँमा । तर सहरिया विकृतिलाई हामीले टाढा राख्न सकेनौ । बाटोमै बसेर मदिरा पिउने, तास खेल्ने जस्ता गतिविधिहरूलाई रोक्न सकेनौ हामीले । सोंचौ न हरेक समाजका जिम्मेवार व्यक्तिहरूले यो सोच्न आवश्यक होला कि नहोला ?

फुर्सदको दुरुपयोग गरिरहेका छौ कि हामीहरू सदुपयोग ? न हामी काममा हुन्छौ, न बेकाममा ? यो कुरा नपच्न सक्छ कसैलाई, त्यो स्वाभाविक पनि छ । हाम्रो समाजमा रहेको एक उक्ति प्रसङ्गलाई मात्रै यहाँनेर जोड्न खोजेको हुँ । काममा छौ भन्नु हामी हाम्रो कामप्रति कत्ति जिम्मेवार छैनौ भन्नु हो । सरकारी जागिर खानेहरूलाई ४ कति बेला बज्ला भन्ने मात्रै पिरलो हुन्छ । आठ वर्षकै केटाकेटी आएपनि व्यापारीले रक्सी र चुरोट बार्गेनिङ गरिगरी बेच्छ । शिक्षकलाई कि लट्ठीसँग नै बढी प्रेम हुन्छ । नेता नभए पनि नेतागिरी गर्नेलाई कति बेला म नाँगिन्छु भन्ने ख्याल हुँदैन । मानवीय संवेदनशीलता कत्ति पनि नभएका हामीहरूले समाजलाई कतातिर डोराइरहेका छौ ? यो गम्भीर प्रश्न सबै सबैले मनन गर्नु जरुरी छ ।

सरकारी जागिर खानेहरूलाई ४ कति बेला बज्ला भन्ने मात्रै पिरलो हुन्छ । आठ वर्षकै केटाकेटी आएपनि व्यापारीले रक्सी र चुरोट बार्गेनिङ गरिगरी बेच्छ । शिक्षकलाई कि लट्ठीसँग नै बढी प्रेम हुन्छ । नेता नभए पनि नेतागिरी गर्नेलाई कति बेला म नाँगिन्छु भन्ने ख्याल हुँदैन । मानवीय संवेदनशीलता कत्ति पनि नभएका हामीहरूले समाजलाई कतातिर डोराइरहेका छौ ?


विद्यालयमा क्यान्टिन राख्नेले चुरोट र रक्सी नबेचे हुँदैन र ? अथवा उसलाई बेच्न नदिने वातावरणको सिर्जना गरे हुँदैन ? चार बज्ने बित्तिकै शिक्षक स्कुलबाट निस्किएर जाँडरक्सी र जुवातासको मेलो बाटैमा बसेर ननारे पनि त हुन्थ्यो नि ! प्रशासनिक निकायका जिम्मेवार व्यक्तिहरू एक दुई गिलास रक्सी र दुईचार पिस मासुमा नबिके पनि त केही परिवर्तन हुन्थ्यो कि नि ! पाँच-सात कक्षामा पढ्ने दुधे बालकका ओठहरूले चुरोट च्यापेर हिँड्ने कुरा के जन्मजात नै सिकेर आएका हुन् र ? खोलाखोलीहरूका भुँइहरू चाकले बढारेका चिल्ला भेटिन्छन् । कापी र कलम बोक्ने हातहरूमा तासका पत्तिहरू नाच्नुमा दोष कसको ? कसैले भने होला तिनीहरूलाई चुरोट पिऊ, जाँडरक्सी खाऊ ? निश्चय नै होइन । तर, हामी आफैँ समाजका हरेक जिम्मेवार मान्छेहरू त्यस्तै गरिरहेका छौ नि ! के बोल्नु पर्ने रहेछ र कुनै कुराको ज्ञान दिन ?

कसैकसै हामीहरूले सोच्छौ, छोराछोरीलाई महँगो फिस तिरेर प्राइभेट स्कुलमा पढाएका छौँ । निश्चय नै यिनीहरू भोलि ठुलो मान्छे बन्लान् । यस्तो कहिल्यै नसोंच्नुहोला, जबसम्म हामी पुरै सामाजिक सुधारको बाटोमा हिँड्दैनौ । एउटा असल सामाजिक संस्कारको विकास गर्न सक्दैनौ । आजको समय त्यो रहेन । लाठी र तर्साइको वातावरणबाट केटाकेटीहरू केबल मनोशिकार मात्रै बन्नेछन् । हामीलाई थाहा छ, जरुर हामी चाहन्छौ- सभ्य र असल समाज । त्यो निर्माणमा कसको महत्त्वपूर्ण भूमिका हामी आफैले सोच्न जरुरी छ ।

दिनभर मार्कर र ह्वाइट बोर्डसँग खेल्ने मास्टर साँझमा रक्सी, चुरोट बेच्छ- आफ्ना चेलाचेलीलाई । सभ्यता र नैतिकताको भाषण गर्दै हिँड्ने समाजको नायक साँझमा खै के अमृत पिउँछ र अरूका स्वास्नीहरूका कोठामा पुग्छ । दिनभर सामाजिक न्याय र अधिकारको कुरा गर्नेले साँझमा घर पुग्छ र स्वास्नी, छोराछोरी कुट्छ । बालअधिकारको बचावट गर्ने अभियानमा लागेका एनजिओ तथा आइएनजिओका अभियन्ताहरू छानाछानी बालिकाहरूको बलात्कार गरिरहेका छन् । कानुन बचावटका हिमायती प्रहरी जवानहरू कतिका जवानीहरूसँग खेल्ने हुन् पत्तो हुँदैन । निश्चय नै यो सबैमा लागु नहोला तर यो गैर मानवीय प्रवृत्तिको विकास भइरहेछ भन्ने कुराको हामी सबैलाई अवगत छ ।

समाज कुबाटोमा हिँडिरहेको छ । निश्चय नै हामीहरू सचेत हुन जरुरी छ । त्यसमा दशैं र तिहार जस्ता महान् चाडपर्वहरू मनाउने शैली जो भित्रिएको छ यसलाई सुधार्न जरुरी छ । अन्यथा भोलिको हाम्रो भविष्य दुर्घटनाग्रस्त हुनेछ । बेलैमा हामीहरूले यसतर्फ ध्यान दिए भोलि हाम्रो सुनौलो हुनेछ । सभ्य हुनेछ । सुसंस्कृत हुनेछ । समाज एक सभ्य समाज बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्