Logo

सुत्केरीभत्ता दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान



Spread the love

१७ असोज, राप्ती – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस अघि बन्द गरिएको सुत्केरीभत्तालाई पुनः दिन शुरु गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए ।

तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा परीणत भएपछि बजेट रोकिएका कारण सुत्केरीभत्ता वितरण हुन सकेको थिएन । स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले आगामी कार्तिक १ गतेबाट प्रसुति सेवा लिन आउने महिलाका लागि सुत्केरीभत्ता दिने रजिस्ट्रार प्याकुरेलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयबाट यसै हप्ता रु २ करोड बजेट निकासा भएको र कार्तिक १ गतेबाट सरकारले दिँदै आएको एक हजार ८०० रुपैयाँ सुत्केरीभत्ता दिन लागेको हो । साथै प्रतिष्ठानले बहिरङ्ग सेवा र आकश्मिक सेवा सुल्कमा समेत हेरफेर गरेको छ । यसअघि बहिरङ्ग सेवा सुल्क २५ र आकश्मिक सेवा सुल्क ३० लिँदै आएकोमा कार्तिक १ गतेदेखि लागू हुने गरी क्रमशः ६० र ८० रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्