Logo

डुबेर दुई किशोरीको मृत्यु



Spread the love

१७ असोज, दाङ – दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

लमही नगरपालिका–९ स्थित सिमलसोता खोलामा बिहीबार पौडी खेल्ने क्रममा लमही– ९ बाङ्गेतालका १४ वर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका–१० नारायणपुरका १५ वर्षीया निरु बोहराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । दुवै जनाको उपचारका लागि लमही अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्