Logo

जिम्बाब्वेलाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि, नेपाल उपविजेतामा सिमित



Spread the love

१७ असोज, काठमाडौं । सिंगापुरमा भएको त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जिम्बाब्वेले हात पारेको छ । बिहीबार भएको खेलमा आयोजक सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बाब्वेले उपाधि हात पारेको हो ।

पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले पराजित गर्दै उपाधि जित्ने सम्भावना देखाएको नेपालले तेस्रो खेलमा जिम्बाब्वेसँग ४० रनले पराजित भयो । चौथो खेलमा वर्षा बाधक बन्दा रद्द भयो ।

सिंगापुरको त्रिकोणात्मक सिरिजपछि ओमानमा ५ देशबीच हुने टी–२० सिरिजका लागि नेपाली टोली ओमान प्रस्थान गरेको छ ।

शनिबारबाट ओमानमा सुरु हुने टी–२० सिरिजमा नेपालसहित ओमान, आयरल्याण्ड, नेदरल्याण्ड र हङकङले सहभागिता जनाउने छ ।

प्रतिक्रिया दिनुहोस्