Logo

युरोपा लिगमा आर्सनलको प्रभावशाली जित



Spread the love

१७ असोज, काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा प्रभावशाली जित निकालेको छ। घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले बेल्जियन क्लब स्टान्डर्ड लिएगमाथि ४–० को प्रभावशाली जित हात पारेको हो ।

आर्सनलको जितमा १८ वर्षीय मार्टिनेलीले दुई गोल गर्नुका साथै एक गोललको लागि असिस्ट गरे । जोसेफ विललक र ड्यानियल सेवालसले समान १–१ गोल गरे ।

आर्सनलको जितमा गाब्रिएल मार्तिनेलीले १३ र १६ मिनेटमा गरी दुई गोल गरेका हुन् । यस्तै २२ औँ मिनेटमा २० वर्षका जो विलकले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ३–० को अग्रता लियो । ५७ औँ मिनेटमा डानी सेबालोसले गोल गर्दै आर्सनलको जित पक्का गरे ।

जितसँगै आर्सनल समुह ‘एफ’ मा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ भने स्टान्डर्ड ३ अंकसहति तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्