Logo

किन खाने हरियो स्याउ? जान्नुहोस् फाइदाबारे



Spread the love

स्याउ चिसो हावापानी भएको स्थानमा पाइने फल हो । सामान्यतया यसको रङ्ग रातो वा हरियो हुन्छ । स्याउ खानमा जति मिठो हुन्छ  स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायी हुन्छ । यसमा मानव स्वास्थ्यका लागि आवश्यक पर्ने विभिन्न पौष्टिक तत्त्वहरू पाइन्छन् । हुन त स्याउ दुई किसिमको हुन्छ, रातो र हरियो झुन कुरा सबैलाई थाहा छ l तर यी दुई स्याउ मध्ये हरियो स्याउलाई भने स्वास्थ्यका लागी औषधि समान नै मानिन्छ । हरियो स्याउ अलिअलि अमिलो हुने गर्दछ, तर पोषकतत्व, खनिज र भिटामिनले भरिपूर्ण हुन्छ । त्यसैले आउनुहोस् चर्चा गरौँ, हरियो स्याउ खानुका फाइदाबारे l

रक्तश्राव नियन्त्रण गर्न :
यदि तपाईँ हरियो स्याउको सेवन गर्नुहुन्छ भने यसले रगत जम्नलाई मद्दत गर्दछ । साथै यो स्याउ नियमित जसो खानाले घाउहरू पनि चाँडो निको हुने गर्दछ l

फोक्सोका लागि फाइदा :
के तपाईँ ध्रुमपानको लतमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने यसको यसबाट बच्नका लागि दिनहुँ हरियो स्याउको सेवन गर्ने बानी बसाल्नुहोस् l जसको सेवन गर्दा धूम्रपान जस्ता हातबाट छुटकारा पाउन सकिन्छ l

तौल घटाउन :
हरिया स्याउ फाइबरले भरिपूर्ण हुनुका साथै, चिल्लोको मात्रा, सुगर र सोडियम पनि कम हुने गर्दछ । यसमा क्यालोरी बर्निङ (जलाउने)क्षमता पनि अधिक हुन्छ, जसकारण यसले तौल घटाउन मद्दत गर्छ ।

बुढ्यौली हुनबाट बचाउँछ :
हरियो स्याउमा एन्टी अक्सिडेन्ट, भिटामिन ए, भिटामिन सी एवं फिनोल तत्त्व हुन्छ l जसले गर्दा समयभन्दा पहिले बुढो हुनबाट बचाउनका साथै शरीरमा हुने फ्री रेडिकल्सले चाउरीपना, डार्क सर्कलहरू निम्त्याउने गर्दछ ।

कलेजोका लागि फाइदा :
यसमा डिटक्सीफाइङ एजेन्ट र एन्टीअक्सिडेन्ट गुण रहेको हुन्छ । जसले लिभरमा हुने खराब चिजबाट बचाउन मद्दत गर्नका साथै कलेजो सुन्निन जस्ता समस्याबाट पनि छुटकारा दिने गर्दछ l

प्रतिक्रिया दिनुहोस्