Logo

दसैँमा मधुमेहका बिरामीले कस्ता किसिमका खाना खाने?



Spread the love

चाडपर्व नजिकिए पछि खानपानमा ध्यान दिन सकिएन भने विभिन्न रोगहरुले शरीरमा आक्रमण गर्दछ । अझ रोग लागेको मानिसहरूले खानेकुरामा लापरवाही गर्दा त झनै रोग बल्झिन सक्छ । त्यस्तै मधुमेहका बिरामीले यस्ता चाडपर्वमा आफ्नो स्वास्थ्यको निकै ख्याल राख्नु पर्छ ।

मधुमेहका रोगीले विभिन्न खाना खान छोड्नु भन्दा पनि रगतमा चिनीको मात्रा छिटो बढाउने खाना नखानु नै उपयुक्त हुने गर्छ ।

चाडबाडको समयमा मधुमेहीको बिरामी भएको चिनी र चिनीबाट बनेका परिकारको सेवन गर्नु हुँदैन । त्यस्तै, प्लास्टिक र टिनमा राखिएका खानेकुरा तथा अचार, ड्राइफुड, फलफूल, जङ्कफुड खान हुँदैन । मह, केक, कोक, फेन्टा जस्ता चिसो पेय पदार्थ, हर्लिक्स, बोर्नभिटा, आइसक्रिम, जाम, जेली, सख्खर आदि खानु मधुमेहीका लागि हानीकारक हुन सक्छ ।

गेडागुडीमा दाल, चना, बोडी, सिमी, भटमास, केराउ, मुसुरो, राजमा, माछा, मासु, अन्डा, फलफूल, वनस्पती तेल थोरै परिमाणमा खाँदा खासै असर भने पर्दैन । कम खान हुने कुरामा चामल, गहुँ, मकै, फापर, कोदो, जौ, चिउरा, भुजा (मुरै), कर्नफ्लेक्स, चाउमिन आदि खान नहुने अन्नअन्तर्गतमा पर्दछन् ।

 धूमपान, मदिरापान तथा सूर्तीजन्य पदार्थको पटक्कै सेवन गर्नु हुँदैन । मधुमेहीले स्वास्थ मानिससरह खान हुने परिकारमा भने हरिया सागसब्जी, तरकारीहरु, सलाद आदि पर्दछन् । पेय पदार्थमा चिनी तथा घिउ नभएका चिया, कफी, तरकारीको सुप खान सकिन्छ ।

मसलाजन्य पदार्थहरूमा जीरा, मरिच, मेथी, बेसार, अदूवा, खुर्सानी, सौंप, धनियाँ खान कुनै समस्या हुँदैन । आजकल बजारमा धेरै जसो सुगरफ्री खानेकुराहरु पाउन थालिसकेको छ । यस्ता खानेकुराहरुले चिनीको जस्तो गुलियो स्वाद दिएपनि स्वास्थ्यमा त्यति हानी भने गर्दैन । मधुमेह संगसंगै स्वास्थ्यमा अन्य समस्या भएमा चिकित्सकको सल्लाह लिएर मात्र खाने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्