Logo

छिन्चु जाजरकोट सडक खण्डको बन्गाड खोला सहित ६ स्थानमा पक्की पुल



Spread the love

१३ भदौ, सल्यान – छिन्चु जाजरकोट सडक खण्डको बन्गाड खोलामा पक्की पुल निमार्ण हुने भएको छ । उक्त सडक खण्डको विभिन्न स्थान गरी ६ स्थानमा यसै वर्षको पुलको काम सुरु हुने जनाएको छ । विश्व वैंकको सहायतामा सडक डिभिजन कार्यालय सुर्खेतको मातहतमा लामा कन्स्ट्रक्सन काठमाण्डौले बन्गाड खोला सहित ६ खहरेखोला राकम, जिमा खोला, बालीखोला, कालीखोला र चाउडे खोला सुर्खेत लगाएतका स्थानमा ३० करोड बराबरको टेण्डर आह्वान भई तत्तकाल काम सुरु हुने भएको जनाएको छ । लामा कन्स्ट्रक्सनका कन्ट्याक प्रतिनिधि बसन्त घिमिरेका अनुसार यी ६ स्थानको लागि आषाढ २८ मा सम्झौता भई २०७५ चैत्र मसान्त भित्र सवै पुलको काम सम्पन्न हुने वताए ।

छिन्चु जाजरकोट सडक सडक खण्डको बन्गाड खोलामा पुल नहुदाँ खोला वारपार गर्दा दर्जन बढी गाडिहरु बिग्रिएका छन् । गाडिको इन्जीनमा पानी पसेका कारण खोला वारपार गर्दा गाडी बिग्रिएर थन्कीरहेका छन् । खोलामा पानीको सतह वढे पछी यात्रुहरुलाई समेत समस्या हुने गरेको छ । अर्को तर्फ पानी पसेर विग्रीएका गाडिहरुमा मर्मत गर्दा निक्कै पैसा लाग्ने र सर सामन फेरवदल गर्नु पर्दा महिनौ दिन लाग्ने गरेको छ । मर्मत गरेका दर्जन वढी गाडिहरु मर्मत पछी चलेका छन् । लामा कन्स्ट्रक्सन काठमाण्डौका ठेकेदार पिताम्बर वडुका अनुसार भनेको समयमा सवै पुलहरुको काम सम्पन्न गर्ने जनाए । उक्त क्षेत्रमा निमार्ण हुन थालेका ६ पुल मध्य सवै भन्दा ठुलो र महत्वको पुल भने बन्गाड खोलामा निमार्ण हुने ३५ मिटर लम्बाई र उचाई २.५० मिटर रहेको कम्पनीले जनाएको छ । साथै बन्गाड खोलामा भने पुलको काम सुरु भएको छ । अर्को तर्फ रुकुम चौहरजारी सडक खण्डको बन्गाड खोलाकै नाथे खोलामा निर्माणाधीन् पक्की पुलको कार्य अलपत्र परेको छ । उक्त कामको जिम्मा पाएका ठेकेदार ६ महिना देखी सम्पर्क विहीन अवस्थामा रहेको स्थानीयले वताए । खोलामा पुल नबन्दा वर्षातमा उक्त सडक खण्ड वन्द अवस्थामा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्