Logo

के ल्याइदिन्छौँ दशैं ?



के ल्याइदिन्छौँ दशैं ?

पहिले पहिले दशैं आफूसँगै खुसीका अनेक रङ्गहरू लिएर आउँछ जस्तो लाग्थ्यो । मिठो खाने, राम्रो लाउने अनि रमाइलो गर्ने कुराहरू मात्र छन् जस्तो लाग्थ्यो । बाले आमासँग ‘हामी गरिबका लागि दशैं हैन, यो दशा हो” भन्ने गरेको सुन्न त सुनेको थिए तर त्यसको अर्थ त्यति बेला न बुझे न बुझ्न नै चाहेँ । हुन त एकताका दशैं कै नाममा बनाइएको रोटे पिङमा त्यो सानेले जानी जानी मलाई लडाईदिँदा पहिले त खुब गाली गरे त्यसलाई तर पछि बाले भन्ने गरेको कुरा याद आयो अनि मन मनै भने, ‘मलाई दशैं हैन दशा लागेको रहेछ ।’

हुन त एकताका दशैं कै नाममा बनाइएको रोटे पिङमा त्यो सानेले जानी जानी मलाई लडाईदिँदा पहिले त खुब गाली गरे त्यसलाई तर पछि बाले भन्ने गरेको कुरा याद आयो अनि मन मनै भने, ‘मलाई दशैं हैन दशा लागेको रहेछ ।’


दशैंका लागि तयार पारिएको कालो बडेमान को खसी, मैलिएर थोत्रो देखिएको घरमा रातो माटो र सेतो कमेरो, बाले बहिनी र मेरा लागी बजारबाट ल्याएको नयाँ लुगा, आमाले पकाएका ती मिठा सेलरोटी, यी सबै भेला हुने गर्थे वर्ष भरिको- यही एउटा दशैंको मौका पारेर । अनि कसरी भनौँ यो दशैं हैन दशा हो ?  सानै हुँदा दशैंका सबै कुरा मन पर्ने गर्थे- मात्र एक क्षण बाहेक, मामा घर बाहेक प्राय धेरै जसो ठाउँमा दशैंको टिका थाप्न जाँदा बहिनीले पैसा जहिले पाउने गर्थी । तर मेरो पालो आउने बेलामा बाको मुखबाट ठ्याक्क यही वाक्य आइहाल्थ्यो, ‘यो छोरो मान्छे हो, यसलाई पर्दैन पैसा । ‘ लाग्थ्यो बा नभाको भए म पनि हरेक दशैंमा धनी हुने थिएँ ।

मेरो पालो आउने बेलामा बाको मुखबाट ठ्याक्क यही वाक्य आइहाल्थ्यो, ‘यो छोरो मान्छे हो, यसलाई पर्दैन पैसा । ‘ लाग्थ्यो बा नभाको भए म पनि हरेक दशैंमा धनी हुने थिएँ ।


सङ्घर्षै सङ्घर्षको जीवन यात्राले यहाँसम्म लाइपुर्‍यायो, कहिले आफूले चाहे जस्तै भयो त कहिले विपरीत । अहिले पनि पहिले जस्तै बाबु छोराको अनि छोरा बाबुको सम्बन्ध उस्तै छ ।  एकअर्काप्रतिको विश्वास अनि आशा उस्तै छन् । पहिले बोलीमा कहिले प्रेम झल्किएनन्. त्यैपनि प्रेम अमर नै रह्यो । अहिले पछि के हुनेछ केही भन्न सकिने अवस्था छैन तर प्रेम बाहिर खुब देखिने भएको छ ।

पहिले आमा छोरो आउने आशै नहुँदा पनि मेरो बाटो कुरेर बस्ने गर्थिन, म आइन भने खै के भनेर मन बुझाउने गर्थिन कुन्नि तर म आउँदा हजारौँ मूल्य बराबर को खुसी हुन्थिन्, सायद अहिलेको करोडौँ । अहिले त पहिले नै सबै कुराको निधो हुने गर्छ । छोरोले ‘म अहिले आउन भ्याउँदिन है’ भनेको पनि करिब छ वर्ष भइसकेछ । अब त बुढी पनि थाकिसकी, हरेक पल्टको फोनमा शुरूमै भन्न थाल्छे, ‘बाबु हाम्रो श्वास छँदै एकचोटी मुख देखाउन आइज है।’

छोराको छोरोले दशैं के भनेर बुझ्ला ? दशैं भनेको उसले बुढा भएका हामी बूढाबूढीले यताबाट आशीर्वाद दिने अनि उताबाट उनीहरूले निधारमा रातो पारिएको चामल अनि कानमा हरियो घाँस लाउने पर्व मात्र भनेर बुझ्ला ?


अहिले हामी बूढाबूढीलाई चाहिने जति लगभग सबै कुरा पुगेको छ । पहिले बाको म एक्लो छोरो भए जस्तै मेरो पनि एक्लो छोरो छ । उसले त अलिअली भएपनि रोटे पिङ देख्यो । ती रातो माटो र सेतो कमेरोले पोतिएका घरका भित्ता हरू देख्यो । दशैंका लागि भित्रिएको घोर्ले खसी पनि देख्यो । तर उसको छोरोले दशैं के भनेर बुझ्ला ? सहरकै एउटा बन्द कोठामा हुर्कियो । आफ्नै संस्कृति अरूको मुख बाट सुन्यो । सक्ने र मिल्ने जति त मैले छोरालाई सिकाए र यहाँसम्म ल्याइदिए । तर छोरको छोरो ले चाहिँ ले गर्ला ? के मैले पाउने जस्तै मिठो, राम्रो अनि नयाँ लुगा मिसिएको दशैं पाउला ? कि दशैं भनेको उसका लागि त्यही अहिलेको स्मार्ट फोनमा हामी बुढा भएका बूढाबूढीले यताबाट आशीर्वाद दिने अनि उता उनीहरूले निधारमा रातो पारिएको चामल अनि कानमा हरियो घाँस लाउने पर्व मात्र भनेर बुझ्ला ?
Suraj Bhattarai – Asraj

 

प्रतिक्रिया दिनुहोस्