Logo

नारायणी नदीमा महिलाको शव भेटियो



Spread the love

१८ असोज, नवलपुर – नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । नदीको गैँडाकोटतर्फको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।

बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१५ कि ५५ वर्षीया देवी भट्टराईको शव फेला परेको हो । आज बिहान नदी किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव नारायणी नदीको पुलबाट करीब एक किलोमिटर दक्षिणमा भेटिएको प्रहरीले जनाएको छ । शवको मुचुल्का उठाएर स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको प्रहरी निरीक्षक कार्कीले बताए ।

नवलपुरको गैँडाकोट नगरपालिका–१ मा उनका छोरीज्वाइँ बस्ने भए पनि बाराबाट गैँडाकोट आएकोबारे कसैलाई जानकारी नभएको उनले बताए । घटनाको प्रारम्भिक अनुसन्धानबाट भट्टराईले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । भट्टराईले बोकेको झोला नारायणीको पुलमुनि किनारमा भेटिएपछि प्रहरीले परिवारलाई घटनाको बारेमा जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्