Logo

भाइले लगाए आफ्नै दाजुको घरमा आगो



Spread the love

१८ असोज, रुकुम । रुकुमको विसकोट नगरपालिका –९ राडीबजारको एक घरमा आगलागी भएको छ । विहीबार राति टरे कामीको घरमा आगलागी भएको हो । आगलागी हुँदा एक तलाको दुई कोठे घरको छाना जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

घरभित्रका केही अन्नपात र सरसामान पनि जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरीक्षक अच्यूतराज आचार्यले जानकारी दिएका छन् ।

घरमा भएका केही सरसामानहरु भने बाहिर निकालिएकाले क्षथि हुनबाट जोगिएको छ । रातको समयमा नेपाल प्रहरी, नगर प्रहरी लगायत स्थानियको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

घरका अन्य सदस्यहरु त्यस समयमा घरमा नरहेकाले मानवीय क्षती नभएको प्रहरीको भनाइ रहेको छ । आगलागी भएको घर जेठो दाई टरे कामीको नाममा भएको र आगो लगाउने उनकै कान्छो भाई रहेको बताइएको छ ।

यसैबीच आगो लगाउने काममा संलग्न सोही घरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्