Logo

चार्डपर्वमा कस्तो मेकअप उपयुक्त हुन्छ ?



Spread the love

यतिबेला चार्डपर्वको मौसममा चलिरहेको छ । वर्षकै ठूलो चार्डपर्व दशैंले हामी सबैलाई ब्यस्त बनाएको छ । दशैं भन्ने बित्तिकै मिठो खाने, राम्रो लगाउने, चिटिक्क पर्ने चार्डको रुपमा लिइन्छ ।

युवती तथा महिलाहरुलाई भने दशैंमा कसरी राम्री बन्ने भन्ने कुराले सताउने गर्दछ । दशैंको टीकाको दिन कस्तो मेकअप गर्ने, मन्दिर जाँदा कस्तो मेकअप गर्ने भन्ने उनीहरुको चिन्ताको मुख्य विषय हो ।

चार्डपर्वमा कस्तो प्रकारको मेकअप गर्ने ?
चार्डपर्वको बेला महिलाहरुले प्रायः प्राकृतिक तथा ग्लोइङ फ्रेस मेकअप गर्नुपर्छ । अहिलेको सिजनमा यही मेकअप लोकप्रिय समेत भईरहेको छ । यस्तो मेकअपले हरेक प्रकारका छालालाई आकर्षक देखाउन सहयोग पुर्‍याउछ ।

कस्तो अनुहारमा कस्तो प्रकारको मेकअप गर्दा राम्रो हुन्छ ?
हरेक प्रकारका मेकअपले तपाईंलाई सुन्दर नै बनाउछ । तर, मलाई लाग्छ छालाको प्राकृतिक रङ्गसँग मिल्ने मेकअप प्रायः सबैलाई सुहाउछ ।

मेकअप गर्दा कुन-कुन कुरालाई ध्यान दिनुपर्छ ?

राम्रो मेकअप गर्नुभन्दा पहिला छालाको सुरक्षा निक्कै आवश्यक हुन्छ । वास्तवमा, मेकअप गर्ने क्रममा फाउण्डेसन लगाउनुभन्दा पहिला प्राइमर लगाउनुपर्छ । यसोगर्दा तपाईंको मेकअप लामो समयसम्म टिक्ने मात्र होइन, त्यसले छालालाई पनि सुरक्षित बनाउछ ।

मेकअपमा ब्राण्ड नचिन्दा के हुन्छ ?

नक्कली चिनियाँ मेकअप ब्राण्डहरु बजारभरी उपलब्ध छन् । नक्कली तथा सस्ता सौन्दर्य प्रशाधनहरुमा भने हानिकारक रसायनहरुको प्रयोग अत्यधिक मात्रामा गरिएको हुन्छ । जसले हाम्रो छालाको प्राकृतिक गुणलाई नै नष्ट पारिदिन्छ । यतिमात्र होइन, नक्कली सौन्दर्य प्रशाधनले छालालाई बाहिरी रुपमा पनि निकै हानि पुर्‍याइरहेको हुन्छ ।

कस्तो हेयर स्टाइल गर्ने ?
केशमा रंगहरुको अत्यधिक प्रयोग पनि केशका लागि हानिकारक हुन्छ । हेयर स्टाइलिङ गर्नुअघि तपाईंको अनुहारको बनावट, छालाको बनावट अनुसार उपयुक्त हेयर स्टाइलबारे जानकारी लिनु पर्छ । यतिबेला फेसनमा ‘सर्ट-एजी हेयरकट्स’ तथा दोस्रो ‘लङ ग्ल्यामरस हेयर स्टाइल्स विथ सफ्ट टेक्चर रहेको छ ।’ किशोर किशोरीहरुले भने आफूलाई खरानी, नीलो, हरियो, रातो, गुलाबी, सुन्तले आदि रंगमा समेत सजाइरहेका छन् । केशमा कलर गर्ने कुरा व्यक्तिको नितान्त रुचिको विषय रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्