Logo

पोखरामा सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु



Spread the love

१८ असोज, पोखरा । शनिबार बिहान पोखरामा भएको सडक दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएको छ । जीप र स्कुटर आपसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका रक्ष गुरुङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिएका छन् ।

ग२च ९९५० नम्बरको बलेरो र जीप विपरीत दिशातर्फ जाँदै गरेको ग१५प ४३८० नंको स्कुटर ठोकिएका थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनालगत्तै जीप र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्