Logo

बन्दागोभी खानुका यस्ता छन् फाइदा



Spread the love

बन्दागोभीमा प्रशस्त मात्रामा फाइबर, बिटाक्यारोटिन, भिटामिन बी१, बी६, भिटामिन के, ई, मिनरल्स, सल्फरका साथै आइरन पाइन्छ । जुन स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । त्यसैले नियमित यसको सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक साबित हुन्छ l आउनुहोस् चर्चा गरौँ, बन्दागोभी खादा हुने फाइदाबारे l

  • खनिज र भिटामिन बन्दा भिटामिन सी, पोटासियम र म्याग्नेसियमको महत्त्वपूर्ण स्रोत हो । अत्यधिक पोटासियमयुक्त खानेकुराले उच्च रक्त चाप नियन्त्रण गर्नुका साथै मुटुको रोगको खतरा न्यून गरिदिन्छ ।
  • यसमा क्लोरिन सल्फर मिनरल्स प्रशस्त मात्रामा हुन्छ जसले पेट सम्बन्धी समस्याहरू ९ग्याँस्टिक, कब्जियत तथा अल्सर बाट छुटकारा पाउन सकिन्छ ।
  • बन्दा गोभीमा फ्लोरिक एसिड हुन्छ जसले रगतको सेल्सको निर्माण गर्छ जसले एनिमिया तथा शरीरमा रगतको कमी हुन दिँदैन । त्यसैले यसको सेवन फाइदाजनक छ l
  • बन्दा गोभीमा प्रशस्त मात्रामा भिटामिन ए हुन्छ जसले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी विभिन्न समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।
  • बन्दाको जुसले मुटुको धमनीमा रगत बाक्लो हुने समस्याबाट समेत मुक्त गराउँछ । यसले मुटुको रोगबाट मुक्त गराउँछ । बन्दामा हुने फाइबरले कोलेस्ट्रोल घटाउँछ ।
  • बन्दा गोभीको नियमित सेवनले त्वचा गोरो बनाउनुका साथै नरम र आकर्षक बनाउन मद्दत गर्छ । त्यसैले सुन्दर देखिनका लागि यसको सेवन गर्नु उपयुक्त छ l
  • पेटका लागि उपयोगी ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठिक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्