Logo

‘छक्का पञ्जा-२’ ले नाइलनको साडीजस्तै फेरी अर्को गीत चोरेको आरोप



Spread the love

१४, काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा’ नाम अनुसारकै लफडा झेलिरहेको छ । फिल्मको अरु पक्षमा कसैले औंला ठड्याएको छैन । यद्यपि गीतमा भने ‘झेल’ गरेको चर्चा छ । विगतमै चलेको गीत ‘नाइलनको साडीमा’लाई नवीकरण गरेर आफ्नो नाममा पेश गरेपछि दीपकराज गिरी विवादमा तानिएका थिए । यो विवाद किन पनि चर्को र पीरो बन्यो भने, अघिल्लो बर्ष ‘छक्का पञ्जा’को पाइरेसी भएको भन्दै उनै गिरीले केही युवामाथि उजुरी गरेका थिए ।

पाइरेसी विरुद्ध उपदेश दिने गिरी स्वयंलाई ‘पाइरेसी’को तक्मा भिराइयो । यो सिलसिला यतिमै टुंगिएको छैन ।केहीरंग पत्रकारले छक्का पञ्जाको गीतमाथि तीखो टिप्पणी गरिरहेका छन् । यसो भन्दै, ‘बक्स अफिसमा छक्का पञ्जा-२ ले रेकर्ड तोड्ला/नतोड्ला, गीत विवादित (चोर्ने) प्रतिस्पर्धामा चाँहि रेकर्ड राख्ने नै भयो ।’

पहिलो गीतको विवाद मत्थर भएपछि त्यही फिल्मको दोस्रो गीत छायांकन गरियो, ‘म त यता किनारामा ।’ जसै यो गीत सार्वजनिक भयो, त्यसमाथि पनि लफडा आइलाग्यो । यो गीतको लय मिलेको भन्दै फेरि छक्का पञ्जा-२ लाई उडाउन थालिएको छ ।

https://www.youtube.com/watch?v=jVuVAohryts&feature=youtu.be

 

प्रतिक्रिया दिनुहोस्